प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
यस्तो हुनेछ अब प्रधानमन्त्री कार्यालय - 2018-01-24
काठमाडौं : संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ ।

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता - 2018-01-24
काठमाडौं : माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

राजपाले छान्यो राष्ट्रियसभाका दुई उम्मेदवार - 2018-01-24
काठमाडौं : राष्ट्रिय जनता पार्टी ९राजपा०ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ ।

वीरगञ्ज आन्दोलनका थप कार्यक्रम सार्वजनिक, २१ गते वीरगञ्ज बन्द - 2018-01-23
वीरगञ्ज : प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज कायम गर्न माग गर्दै शुरु भएको आन्दोलन थप चर्काउने निर्णय भएको छ ।

फेरि संविधान संशोधनमै अड्कियो राजपा, फोरम र वामगठबन्धन तालमेल - 2018-01-23
काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिने समय भोलि अर्थात बुधवार हो । तर, राष्ट्रिय जनता पार्टी नेपाल र सांघीय समाजवादी फोरम नेपालले अझै उम्मेदवार टुग्यांएका छैनन् ।

कांग्रेसले टुंग्यायो चारवटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवार - 2018-01-23
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको मंगलवार बसेको बैठकले प्रदेश ४, ५, ६ र ७ बाट उम्मेदवारको टुंगो गरेको हो ।

दलहरुले आज यसरी टुंग्याउँदैछन् राष्ट्रियसभाका उम्मेदवार - 2018-01-23
काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोट गर्ने अन्तिम गृहकार्यमा जुटेका छन् ।

कोमल वली एमालेबाट राष्ट्रियसभाकी उम्मेदवार - 2018-01-23
काठमाडौं : नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्ततस् राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

राजपा र फोरम नेपालको सिंहदरवारमा एमालेसँग वार्ता - 2018-01-23
काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले नेकपा एमालेसँग छलफल गरिरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276272 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top