राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी - 2017-11-12
मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताएका छन् ।

घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग - 2017-11-10
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् ।

धनुषामा राजपा र कांग्रेसलाई अन्र्तघातको डर - 2017-11-10
धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ । नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दुवै पार्टीलाई एउटै चिन्ताले सताएको छ । त्यो हो अन्तर्घात ।

लोकतन्त्र हाम्रा लागि बम्पर पुरस्कार होइन : ओली - 2017-11-09
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्दै लोकतन्त्र एमालेले बम्पर पुरस्कार नपाएको जवाफ दिएका छन् ।

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो - 2017-11-07
आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।

राजपुर नपा प्रमुख र उपप्रमुखमा कांग्रेसको जित । - 2017-09-23
रौतहटको राजपुर नरगपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको उमेदवारले जित हासिल गरेकोछ ।

रौतहटको परोहा नगरमा कांग्रेस विजय - 2017-09-21
जिल्लाको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ ।

रौतहटको इसनाथ र परोहा नगरको अन्तिम नतिजा बिहिवार आउने - 2017-09-20
इसनाथ नगरपालिका र परोहा नगरपालिकाको बिहिवार सम्ममा परीणाम आउने निर्वाचन अधिकृतहरुले जनाएका छन ।

रौतहटमा दुइवटा वडामा काग्रेसका वडा अध्यक्ष बिजयी - 2017-09-19
इसनाथ नगरपालिका १ मा नेपाली काग्रेसका बिगु साह बनिया र बृन्दाबन नगरपालिका १ मा शेष नाजिर हुसैन बिजयी भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749490 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top