राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

रौतहट ४ मा के के छन बामगठबन्धनका उम्मेदवार प्रतिवद्धता - 2017-11-28
रौतहट १२ मंसीर // चुनावी गठबन्धन गर्दै राजनैतिक निकास र समग्र देश विकासको निम्ति स्थायी सरकार निर्माण गर्ने हुदा बामपन्थी उम्म्मेदवार लाई दुई तिहाई सहित पूर्ण बहुमतको सरकार बनाउने भन्दै गठबन्धनका उम्मेदवारहरुले मतदाता समक्ष भोट मागिरहेका छन ।

काँग्रेसका नेता सिटौलाको घर नजिक बम विस्फोट - 2017-11-28
झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाम गठबन्धनले जिते पछि देश बिकाशमा तिव्रता: डा मिश्र - 2017-11-27
रौतहट ११ मंसीर // निर्वाचिनको मिति नजिकिदै जादा बाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो व्यस्त छन । निर्वाचन हुन अव १० दिनमात्र बाकी रहेकोले उम्मेदवार नपुगेका तथा एक पटक पुगेको स्थानमा पुनः गएर मतदाता समक्ष आफ्नो पक्षमा मतदान गर्न आग्रह गरीरहेका छन् ।

कम्युनिस्टले बहुमत पाए अधिनायकवाद आउँछः देउवा - 2017-11-27
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्।

स्थायी सरकार र बिकाशका लागी बाम गठबन्धन लाइ भोट दिन्छौ : मतदाता - 2017-11-27
रौतहट ११ मंसीर // रौतहट ४ नम्वर क्षेत्र स्थित बृन्दावन नगरपालिकाको धनगढीटोलका मतदाताले बम गठबन्धनका उम्मेदवार लाइ भोट दिने बताएका छन ।

फराकिला मतले पराजीत गर्छु : मुस्ताक आलम - 2017-11-27
रौतहट ११ मंसीर // रौतहट क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मो. मुस्ताक आलमले नेपाली कांग्रेसका उम्मेदवार मो. अफताब आलम तिर ईसारा गर्दै मामाको उल्टो दिन गिन्ती शुरु भएको बताएका छन् ।

गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन् - 2017-11-26
नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।

निवर्तमान सभामुख ओनसरी घर्तीद्वारा मतदान - 2017-11-26
निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेकी छिन् ।

चन्द्रपुरमा भएको बम बिस्फोटन कायरतापुर्ण भन्दै बिरोध र्याली - 2017-11-19
रौतहट ३ मंसीर शनिवार दिउसो चन्द्रपुरमा भएको बम बिस्फोटनको घटनाको बिरोध गर्दै बाम गठबन्धनले आइतवार बिरोध र्याली निकालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749416 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top