राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

३२ जिल्लामा मतगणना सुरु - 2017-12-07
काठमाडौँ // ३२ जिल्लामा मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएको छ ।

रौतहटमा ६८ प्रतिशत मत खस्यो , मतदाता भन्छन बिकास गर्ने नेताले जितुन - 2017-12-07
रौतहट २१ मंसीर// प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा रौतहटमा ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले प्रारम्भिक रुपमा जानकारी दिएको छ ।

वाम गठबन्धनलाई दुई तिहाई पक्का : ओली - 2017-12-07
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले दुई तिहाई परिणाम हासिल गर्ने दाबी गरेका छन्।

पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु - 2017-12-07
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएको ३२ जिल्लाको मतगणना सुरु भएको छ।

काठमाडौंका मेयर शाक्यमाथि आक्रमणको प्रयास - 2017-12-07
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमणको प्रयास भएको छ।

मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए - 2017-12-07
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको टिप्पणी गरेका छन् ।

बमको जिम्मा विप्लव समूहले लियो, आज साँझदेखि नपड्काउने वचन - 2017-12-07
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ ।

मतदान स्थलमै उपेन्द्र यादवको टिप्पणीः तराईका २२ जिल्लालाई नै मधेस प्रदेश बनाउनुपर्छ - 2017-12-07
सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् ।

प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित - 2017-12-07
राजविराज नगरपालिका २ निवासी ४० वर्षीय निमा झा आफ्ना पति रामकुमारसँगै प्रतिनिधीसभा र प्रदेशको निर्वाचनमा मतदान गर्न गइन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749399 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top