राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

यस्तो छ नुवाकोटको पछिल्लो मतगणना अपडेट - 2017-12-08
नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ बढी मत पाएका छन् ।

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको सुरुआती अग्रता - 2017-12-08
दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने - 2017-12-08
पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

लमजुङमा देव गुरुङलाई पछ्याउँदै कांग्रेसका दिलबहादुर घर्ती - 2017-12-08
लमजुङमा प्रतिनिधिसभातर्फको मतगणना माओवादी नेता देव गुरुङले अग्रता लिएका छन् । बाम गठबन्धनका उम्मेदवार गुरुङलाई नेपाली कांग्रेसका दिलबहादुर घर्तीले पछ्याइरहेका छन् ।

रौतहटमा मतगणना शुरु हुदै - 2017-12-08
रौतहट २२ मंसीर// रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु हुन लागेको छ । सर्वदलिय बैठक बिहानै सकिएको छ ।

रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी - 2017-12-08
रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्।

हिमालपारीको जिल्ला मनाङमा एमालेले यसरी रच्यो इतिहास - 2017-12-08
हिमालपारीको जिल्ला मनाङ-कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि अनलाइनखबरमा विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो ।

काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने - 2017-12-08
काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मुस्ताङबाट एमालेका तुलाचन बने सांसद - 2017-12-07
रौतहट २२ मंसीर // नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749497 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top