खेलकुद

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नाई फाइनलमा



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो ।

चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो । हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो ।

वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए । उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए । ओपनर डुप्लेसीले ९ ब्याट्समानसँग साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।

शून्य रनमै गुम्यो चेन्नाइको पहिलो विकेट

चेन्नाईको पहिलो विकेट शून्य रनमै झरेको थियो । भुवनेश्वर कुमारले शेन वाटसनलाई शून्य रनमा आउट गरिदिए ।

यसैगरी सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना र अम्बाती रायडुलाई बोल्ड गरे ।

चेन्नाईको तीन विकेट ३।४ ओभरमा २४ रन बनाउँदा नै गुम्यो । त्यसपछि राशिद खानले महेन्द्रसिंह धोनी र ड्वेन ब्राभोलाई पनि आउट गरे । सन्दिप शर्माले रविन्द्र जडेजालाई ३ रनमा र दीपक चाहरलाई १० रनमा पेभेलियनको बाटो देखाइदिए ।

खाता खोल्न नपाइ धवन बोल्ड

पहिले व्याटिङ गरेको हैदरावादको शुरुआत खराब थियो । दीपक चाहरले म्याचको पहिलो बलमै शिखर धवनलाई शून्य रनमा बोल्ड गरे । विलियम्सनले पहिलो ओभरमा चाहरकै बलमा तीन चौका प्रहार गरेका थिए । त्यसपछि ४।२ ओभरसम्म ३६ रनमा हैदरावादले तीन विकेट गुमायो ।

चाहरपछि लुंगी एंगिडीले श्रीवत्स गोस्वामीलाई १२ रनमा आउट गरे । शार्दुल ठाकुरले केन विलियम्सन २४ रनमा आउट भए । मनिष पाण्डेय ८ रनमा रविन्द्र जडेजाको शिकार बने । ड्वेन ब्राभोले आफ्नो पहिलो ओभरमै शाकिब अल हसनलाई १२ रनमा आउट गरे ।

चेन्नाईले टिममा विलिंग्सको ठाउँमा शेन वाटसनलाई खेलाएको थियो । हैदरावादले भने टिममा कुनै परिवर्तन गरेको थिएन । चेन्नाई नवौं पटकसम्म प्लेअफमा पुगेको छ । महेन्द्र सिंह धोनी ९ प्लेअफसम्म टिमको नेतृत्व गर्ने एकमात्र कप्तानसमेत हुन् । साभार अनलाईन खबर
बार्सिलोनाले भित्र्यायो काउटिन्हो - 2018-01-07
बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ ।

क्याटलोनिया स्वतन्त्र भए मेस्सीले बार्सिलोना छोड्न सक्ने - 2018-01-05
क्याटलोनियाको राजनीतिक उतारचढावका बाछिटा लिओनल मेस्सीमा पनि परेको छ । र, अर्जेन्टिनी खेलाडीले यदि क्याटलोनिया स्पेनबाट स्वतन्त्र भयो भने बार्सिलोना फुटबल क्लब के हुन्छ भन्ने प्रष्ट हुन चाहेका छन् ।

डेम्बेले मैदान फर्किए, तर बार्सिलोनाले बराबरी खेल्यो - 2018-01-05
ओस्माने डेक्बेले मैदान फर्किएका खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग बराबरी खेलेको छ ।

नेपाल पुलिस र मध्यमाञ्चल विजयी - 2018-01-03
१६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो ।

एक बालक फ्यान, जसले विश्वलाई रुवाए - 2018-01-01
सन् २०१७ को यो अन्तिम क्षणमा सारा विश्व नयाँ वर्षको स्वागत गर्न आतुर छ ।

महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै - 2017-12-31
सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती - 2017-12-30
कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।

पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड - 2017-12-30
हालै भारतमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा रौतहट चन्द्रपुरका बिनोद पराजुलीले प्रथम स्थान हासिल गरेको छन् ।

ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुल्यो - 2017-12-28
जोस माउरिन्होले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुला गरिदिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

English News



1088135 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top