महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

खेलकुद

बाईबाई रसिया कतारमा भेटौँला



खेलकुद प्रकाशित मिति:

मस्को :
पूर्वविजेता फ्रान्सलाई उपाधि चुमाउँदै २१औं विश्वकप आइतबार उल्लासमय वातावरणमा सकिएको छ । विश्वकप अघि आयोजना र व्यवस्थापनको विषयलाई लिएर आलोचना खेपेको रुसले सबै खाले भ्रमलाई चिर्दै विश्वकपको सफल आयोजना र समापनसमेत गर्‍यो ।
३२ टोलीले एक महिनासम्म फुटबलको महाकुम्भमा आफ्नो कला देखाए । विश्वकपको भव्य समापनसँगै २२औं संस्करण चार वर्षपछि एसियाली राष्ट्र कतारमा आयोजना हुनेछ ।

लुझनिकी रंगशालामा भएको ३० मिनेटको समापन समारोहमा नायक तथा र्‍यापर विल स्मिथ, गायक निक्की जाम र कोसोभोकी गायिका इरा इस्ट्रेफीले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाएका थिए । समापन समारोहमा ब्राजीलका चर्चित फुटबलर रोनाल्डिन्होले समेत प्रस्तुति दिएका थिए ।

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाउने टोलीका कप्तान फिलिप ल्हामले विश्वकपको ट्रफी देखाएका थिए । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिएकी थिइन् । त्यसपछि फ्रान्स र क्रोएसियाबीच फाइनल खेल सुरु भएको थियो । फाइनल खेललगत्तै आयोजित पुरस्कार वितरण समारोहपछि कतारमा भेट्ने बाचा गर्दै २१औं विश्वकप सकिएको थियो ।

सन् २०२२ को विश्वकप भने चर्को गर्मीकाका कारण परम्परागत समयमा नभई नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म सञ्चालन हुने बताइएको छ । यसैगरी कतार विश्वकपमा सहभागी संख्या बढाउने सकिने विषयमा पनि फेरि बहस सुरु भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताएका छन् । ‘हामी अर्को संस्करणदेखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर, कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ । मस्कोमा यही विषयमा छलफल पनि भएको छ । आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन् ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि टोलीको सँख्या बढाउने विषयमा सकारात्मक देखिएका छन् । ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठवटा स्टेडियम तयार भइरहेको छ । सहभागी टोली बढाउँदा भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनुपर्छ । फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिरअल खतरले भनेका छन् ।

कतार विश्वकपका छनोट खेलहरू अर्को वर्षको सुरुबाटै हुने भएकोले फिफाका अधिकारीले रुस विश्वकपको फाइनलसँगै यो विषयलाई सहज रूपमा समाधान गर्ने उपाय खोजिरहेका छन् । यसैगरी रुस विश्वकपको उद्घाटन अघि मस्कोमा सम्पन्न फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा भने ४८ टोलीको सहभागिता सुनिश्चित गरेको छ । उक्त कंग्रेसले २३औं संस्करणको विश्वकप उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णयसमेत गरेको थियो । साभार अन्नपुर्ण
विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा - 2018-07-10
काठमाडौं : विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ ।

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न - 2018-07-09
रौतहट २५ असार // राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समिति रौतहटको आयोजनामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

फाइनल प्रवेशका लागि कसको भिडन्त को-को संँग ? - 2018-07-08
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

क्रोएसिया विश्वकपको सेमिफाइनलमा, रसिया टाइब्रेकरमा चुक्यो - 2018-07-08
काठमाडौं : आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले इंग्ल्याण्डको सामना गर्नेछ ।

ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम सेमिफाइनलमा - 2018-07-07
काठमाडौं : विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

फ्रान्स सेमिफाइनलमा प्रवेश, उरुग्वे बाहिरियो - 2018-07-07
काठमाडौं : रुस विश्वकप अन्तर्गतको शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले उरुग्वेविरुद्ध २–० को जित निकालेको छ । यो सँगै उरुग्वे भने विश्वकप २०१८ बाट बाहिरिएको छ ।

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै - 2018-07-06
काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ ।

शलाहा र लिभरपुलबीच पाँच वर्षको नयाँ करार - 2018-07-02
लिभरपुल : लिभरपुलका फरवार्ड मोहमद शलाहाले क्लबसँग पाँच वर्षको नयाँ करार अनुबन्ध गरेका छन् ।

स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास - 2018-07-02
काठमाडौं : स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1257118 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top