खेलकुद

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।

यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे । साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए ।

सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सलाहको भूमिका महत्वपूर्ण छ ।

दुई दिनअघि मात्रै पीएफए वर्ष खेलाडी अवार्ड जितेका स‍लाहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग पनि गरे ।

३५ र ४५ औं मिनेटमा गोल गरेका सलाहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए ।

यो सिजनको सुरुमा रोमाबाट आएका सलाहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।

खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे । साभार अनलाईन खबर
आर्सनललार्इ स्वान्सीको झट्का, लिभरपुलको सहज जित - 2018-01-31
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलवार राति भएको खेलमा आर्सनल स्वान्सी सिटीसँग पराजित भएको छ।

दरबारमार्ग बृत्तका इन्सपेक्टरले सामूहिक बलात्कार मुद्दा गुपचुपमै मिलाएपछि.. - 2018-01-30
काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुक सोमबार मध्यान्ह अचानक प्रहरी वृत दरबारमार्ग पुगे ।

७२ मिनेटसम्म पछि परेको बार्सिलोनालाई मेसी र सुआरेजले यसरी खेलमा पर्काए - 2018-01-29
काठमाडौं : स्पेनिस ला लिगामा हालसम्म अपराजित रहँदै आएको बार्सिलोनाले यस पटक पनि आफ्नो लयलाई कायम राखेको छ । ला लिगाको आइतबारको खेलमा आलाभेजविरुद्ध २(१ को संघर्षपूर्ण जित निकाल्न सफल भयो।

मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो - 2018-01-26
म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि क्रिष्टियानो रोनाल्डो यस्ता खेलाडी हुन्, जसलाई हरेक म्यानेजरले आफ्नो टिममा होस् भन्न चाहन्छन् ।

च्याम्पियन्स लिग जित्यो भने यो अविश्वसनीय वर्ष हुनेछः रोनाल्डो - 2018-01-26
रियल मड्रिडका लागि आफ्नो शाख जोगाउन च्याम्पियन्स लिग पर्याप्त हुने स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बताएका छन् ।

म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा - 2018-01-24
काठमाडौँः इङ्लिस प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटी कारबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अगुएरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सहज जित - 2018-01-21
काठमाडौँ: अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुएरोले सिजनको दोस्रो ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिगमाा फराकिलो अग्रता बनाइरहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडमाथि ३(१ को जित निकालेको ।

एथ्लेटिको मड्रिडले बराबरी खेल्दा बार्सिलोनालार्इ फाइदा - 2018-01-21
काठमाडौँ : स्पेनिस ला लिगामा उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रा सहज भएको छ । उपाधि होडमा दोस्रो स्थानमा रहेको एथ्लेटिको गिरोनासँग १-१ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनालार्इ फाइदा भएको हो ।

रियल म्याड्रिड सेमिफाइनल नजिक - 2018-01-20
रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

English News



1018939 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top