खेलकुद

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।

यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे । साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए ।

सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सलाहको भूमिका महत्वपूर्ण छ ।

दुई दिनअघि मात्रै पीएफए वर्ष खेलाडी अवार्ड जितेका स‍लाहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग पनि गरे ।

३५ र ४५ औं मिनेटमा गोल गरेका सलाहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए ।

यो सिजनको सुरुमा रोमाबाट आएका सलाहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।

खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे । साभार अनलाईन खबर
पीएसजीसँग खेल्नु अघि रोनाल्डोको हृयाट्रिक - 2018-02-11
क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

म्याक्सवेलको अलराउण्ड प्रदर्शन, अष्ट्रेलिया विजयी - 2018-02-08
काठमाडौं : ग्लेन म्याक्सवेलको शानदार अलराउण्ड प्रदर्शनको मदतमा अष्ट्रेलियाले त्रिदेशीय सिरिज अन्तरगत इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको छ ।

मुम्बईको बलिङ ‘मेन्टर’मा मालिंगा नियुक्त - 2018-02-08
काठमाडौं : श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा मुम्बई इण्डियनको बलिङ ‘मेन्टर’ बनेका छन् ।

डि मारियाले गरे ८ वर्षपछि ह्याट्रिक, काभानीको एक गोल, नेमारलाई आराम - 2018-02-07
पेरिस : पेरिस सेन्ट जर्मेन (पिएसजी) फेन्च कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पिएसजीले गएराति भएको खेलमा सोचाउक्सलाई ४–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो - 2018-02-07
काठमाडौं : ब्राजिलियन फुटबलर फिलिप काउटिन्होले आफू उपाधि जित्न बार्सिलोना आएको बताएका छन् ।

बार्सिलोनालाई पछ्याउँदै यथ्लेटिको मड्रिड, रियल मड्रिडलाई फाइदा - 2018-02-05
ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको भ्यालेन्सियालाई पराजित गरेको छ ।

पीकेले बार्सिलोनालाई हारबाट जोगाए, बन्यो रेकर्ड - 2018-02-05
काठमाडौं : क्याटलोनिया डर्बीमा बार्सिलोनाले बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर बार्सिलोनाले स्पानियोलसँग १-१ को बराबरी खेलेको हो ।

१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार - 2018-02-01
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबारको खेलमा चेल्सीले नमिठो हार व्यहोर्न बाध्य भएको छ ।

पीसीजीलाई हराए रियल मड्रिडलाई रोक्न कठिन - 2018-02-01
काठमाडौं : रियल मड्रिड र पेरिस सेन्ट जर्मन दुवैलाई प्रशिक्षण गरेका कार्लो एन्सेलोट्टीले मड्रिडलाई अझै कम आँक्न नहुने बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

English News



1018946 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top