महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

खेलकुद

बाईबाई रसिया कतारमा भेटौँला



खेलकुद प्रकाशित मिति:

मस्को :
पूर्वविजेता फ्रान्सलाई उपाधि चुमाउँदै २१औं विश्वकप आइतबार उल्लासमय वातावरणमा सकिएको छ । विश्वकप अघि आयोजना र व्यवस्थापनको विषयलाई लिएर आलोचना खेपेको रुसले सबै खाले भ्रमलाई चिर्दै विश्वकपको सफल आयोजना र समापनसमेत गर्‍यो ।
३२ टोलीले एक महिनासम्म फुटबलको महाकुम्भमा आफ्नो कला देखाए । विश्वकपको भव्य समापनसँगै २२औं संस्करण चार वर्षपछि एसियाली राष्ट्र कतारमा आयोजना हुनेछ ।

लुझनिकी रंगशालामा भएको ३० मिनेटको समापन समारोहमा नायक तथा र्‍यापर विल स्मिथ, गायक निक्की जाम र कोसोभोकी गायिका इरा इस्ट्रेफीले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाएका थिए । समापन समारोहमा ब्राजीलका चर्चित फुटबलर रोनाल्डिन्होले समेत प्रस्तुति दिएका थिए ।

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाउने टोलीका कप्तान फिलिप ल्हामले विश्वकपको ट्रफी देखाएका थिए । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिएकी थिइन् । त्यसपछि फ्रान्स र क्रोएसियाबीच फाइनल खेल सुरु भएको थियो । फाइनल खेललगत्तै आयोजित पुरस्कार वितरण समारोहपछि कतारमा भेट्ने बाचा गर्दै २१औं विश्वकप सकिएको थियो ।

सन् २०२२ को विश्वकप भने चर्को गर्मीकाका कारण परम्परागत समयमा नभई नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म सञ्चालन हुने बताइएको छ । यसैगरी कतार विश्वकपमा सहभागी संख्या बढाउने सकिने विषयमा पनि फेरि बहस सुरु भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताएका छन् । ‘हामी अर्को संस्करणदेखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर, कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ । मस्कोमा यही विषयमा छलफल पनि भएको छ । आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन् ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि टोलीको सँख्या बढाउने विषयमा सकारात्मक देखिएका छन् । ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठवटा स्टेडियम तयार भइरहेको छ । सहभागी टोली बढाउँदा भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनुपर्छ । फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिरअल खतरले भनेका छन् ।

कतार विश्वकपका छनोट खेलहरू अर्को वर्षको सुरुबाटै हुने भएकोले फिफाका अधिकारीले रुस विश्वकपको फाइनलसँगै यो विषयलाई सहज रूपमा समाधान गर्ने उपाय खोजिरहेका छन् । यसैगरी रुस विश्वकपको उद्घाटन अघि मस्कोमा सम्पन्न फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा भने ४८ टोलीको सहभागिता सुनिश्चित गरेको छ । उक्त कंग्रेसले २३औं संस्करणको विश्वकप उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णयसमेत गरेको थियो । साभार अन्नपुर्ण
ब्राजिलको टिम फोटोसेसनमा बोलिभियाली स्ट्राइकर कसरी अटाए ? - 2017-10-06
विश्वकप फुटबल दक्षिण अमेरिकी छनौट अन्तर्गत ब्राजिल र बोलिभियाबीचको खेल सुरु हुनुअघि एउटा अनौठो दृश्य देखियो ।

केनको गोलसँगै इंग्ल्याण्ड विश्वकपमा छनोट - 2017-10-06
ह्यारी केनले इन्जुरी टाइम (९४ औं मिनेट)मा गोल गरेसँगै इंग्ल्याण्ड विश्वकपमा छनोट भएको छ ।

विश्व कप फुटबल छनोट खेलको रौनक - 2017-10-05
विश्व कप छनोट फुटबलको बोलिभियाविरुद्घको छनोट खेलका लागि बुधबार अभ्यास गर्दै ब्राजिलियन टोलीका खेलाडी। ब्राजिलले शुक्रबार बोलिभियासँग उसैको मैदानमा विश्व कपको छनोट खेल खेल्दैछ। सोही दिन अर्जेन्टिनाले पनि घरेलु मैदानमा पेरुको सामना गर्दैछ।

केन भित्रयाउने प्रयासमा रियल - 2017-10-05
स्पेनिस क्लब रियल म्याड्रिडले टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई भित्रयाउने प्रक्रिया अगाडि बढाएको छ । युरोपेली खेलाडी किनबेच सिजन समाप्त भए पनि रियलले जनवरीमा केनलाई अनुबन्ध गर्न इंग्लिस क्लब टोटनह्यामलाई लोभ्याउने प्रारम्भिक रकम राखेको छ ।

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दाबी - 2017-10-05
अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजनाको दाबी गरेका छन् ।

ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा - 2017-10-04
अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

विश्वकप छनोट फुटबल : प्रभावशाली खेलाडीको चोटले राष्ट्रिय टोली दबाबमा - 2017-10-04
अर्को वर्ष रूसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरणका खेल सञ्चालन भइरहेका छन्।

इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स पक्राउपछि रिहा - 2017-09-27
इंग्ल्याण्डको टेस्ट टोलीका उपकप्तान बेन स्टोक ब्रिस्टोलमा झगडा गरेको आरोपमा सोमबार पक्राउ परेका छन् ।

रोनाल्डोको दुई गोलको मद्दतले रियल विजयी - 2017-09-27
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1257206 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top