खेलकुद

अगुएरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सहज जित



खेलकुद प्रकाशित मिति: कलमपाटी ७ माघ

काठमाडौँ:
अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुएरोले सिजनको दोस्रो ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिगमाा फराकिलो अग्रता बनाइरहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडमाथि ३(१ को जित निकालेको ।

सिटीले राफा बेनिटेज नेतृत्वको न्यूकासललार्इ सजिलै पराजित गरेको हो । यो जितपछि सिटीले दोस्रो स्थानको सहरी प्रतिद्वन्द्वी म्यानचेस्ट युनाइटेडसँगक अंकदुरी १२ नै कायम गर्न सफल भएको छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीलार्इ जिताउने क्रममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै सिजनको दोस्रो ह्याट्रिक गरे। उनले एउटा गोल पेनाल्टीबाट गरेका थिए । पराजित न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोभ मर्फीले सान्तवना गोल गरे ।

यो जितसँगै सिटीले २४ खेलबाट ६५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २४ खेलबाट ५३ अंक जोडेको छ । साभार अन्नपुर्ण

प्रहरी पत्रकारबिच मैत्री क्रिकेटमा पत्रकार बिजयी - 2016-12-25
राकेश यादव रौतहट १० पुस / रौतहटको सदरमुकाम गौर स्थित राईसमिलको मैदानमा आईतवार प्रहरी र पत्रकार बिच भएको मैत्रिपुर्ण टि २०क्रिकेट प्रतियोगितामा पत्रकार समुह ५८ रनले बिजयी भएको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन - 2016-12-23
बिराटनगर ८ पुस सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार बाट औपचारिक रुपमा सुरु भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर स्थित शहीद रंगशालामा शुक्रबार प्रतियोगिताको औपचारिक उदघाटन गरेकी छिन ।

महिला फुटवलकोे छनौट खेलमा रौतहट बिजयी - 2016-12-10
कलमपाटी २४ मंसिर सातौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत मध्यमान्चल क्षेत्रीय महिला फुटबल छनौट खेलमा शुक्रबार फाइनल खेलमा रौतहटले जीतेको छ ।

स्मार्ट क्लव बिजयी - 2016-11-19
कलमपाटी ४ मंसिर रौतहटको चन्द्रनिगाहपुरमा जारी दोश्रो शहिद स्मृती नकआउट प्रतियोगिताको उपाधी स्मार्ट युवा क्लवले हात पारेको छ ।

नेपाल ले ब्रुनाईलाई हराउँदै सेमिफाइनलमा - 2016-11-08
नेपाली राष्ट्रिय फुटबल टिम ३–० ले ब्रुनाईलाई पन्छाउँदै मंगलबार एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोलनटारमा सम्वाद स्तरीय फुटवल - 2016-10-30
कलमपाटी १४ कार्तिक सम्वाद स्तरीय नकआउट फुटवल प्रतियोगिता रौतहटको भोलनटारमा आइतवार सम्पन्न भएको छ ।

माउण्ट एभरेष्टको खेल सप्ताह सकियो - 2016-10-28
कलमपाटी १२ कार्तिक माउन्ट एभरेस्ट आवासीय माध्यमिक विधालय चन्द्रपुर द्वारा सन्चालित सप्ताह ब्यापी खेलकुद कार्यक्रमको शुक्रवार समापन भएको छ । भलिबल खेलको फाईनलमा रातो सदन बिरुद्ध निलो सदन टिममा निलो सदन ले २५—१९ र २५—७ ले जिजयी हुन सफल भएको छ ।

मनाङ सजिलै सेमिफाइनलमा - 2016-10-25
घरेलु टिम चितवन-११ लाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सोमबार ‘ए' डिभिजन क्लब मनाङ मस्र्याङ्दी चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

एन्फा अध्यक्षमा श्रेष्ठ विजयी - 2016-10-25
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार आयोजित साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



752414 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top