महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

खेलकुद

युभेन्टसले किएभोलाई हरायो, रोनाल्डोको गोल खेर गयो



खेलकुद प्रकाशित मिति:

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको यो खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो ।

११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन ।

सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २-१ को अवस्थामा पुर्‍याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २-२ को बराबरीमा फर्कियो ।

इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३-२ को जीत दिलाउन सफल भए । साभार अनलाईन खबर
च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा रोनाल्डो - 2017-11-21
क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा छन् ।

नेपालले अंक बाँड्यो - 2017-11-21
आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ ।

जेडिनेकको हृयाट्रिकसँगै अष्ट्रेलिया विश्वकपमा - 2017-11-15
माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ ।

रोनाल्डो बने चौँथो सन्तानका पिता - 2017-11-13
रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् ।

यू-१९ एशिया कप क्रिकेटः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित - 2017-11-12
एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।

विश्वकप छनौट प्लेअफ : क्रोएसिया र स्वीटजरल्याण्ड विजयी - 2017-11-10
ग्रीसको खराब डिफेन्सको फाइदा उठाउँदै क्रोएसियाले विश्व छनौट प्लेअफको पहिलो लेगमा ४–१ को जीत निकालेको छ ।

विदेशी रेस्लरहरु नेपालमा - 2017-11-10
भारतीय रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १र२ दिन यता नेपाली सामाजिक सन्जालमा ठुलो हलचल मच्चिरहेका बेला प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलाडी नेपाल आएका छन्।

१२ गोल खाँदै नेपाल घर फर्कियो - 2017-11-09
एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली युवा टिम जितविहीन हुँदै घर फर्किएको छ ।

‘के तिमी युद्घका लागि तयार छौ ?' - 2017-11-09
न्युयोर्क: अमेरिकी मुक्केबाज डियोन्टी विल्डरले अर्का बेलायती बक्सर एन्थोनी जोसुआलाई आफूसँग लड्न चुनौती दिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1364223 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top