खेलकुद

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।

यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे । साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए ।

सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सलाहको भूमिका महत्वपूर्ण छ ।

दुई दिनअघि मात्रै पीएफए वर्ष खेलाडी अवार्ड जितेका स‍लाहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग पनि गरे ।

३५ र ४५ औं मिनेटमा गोल गरेका सलाहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए ।

यो सिजनको सुरुमा रोमाबाट आएका सलाहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।

खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे । साभार अनलाईन खबर
इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स पक्राउपछि रिहा - 2017-09-27
इंग्ल्याण्डको टेस्ट टोलीका उपकप्तान बेन स्टोक ब्रिस्टोलमा झगडा गरेको आरोपमा सोमबार पक्राउ परेका छन् ।

रोनाल्डोको दुई गोलको मद्दतले रियल विजयी - 2017-09-27
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

अष्ट्रेलियालाई हराउँदै भारत वनडे र्‍याङकिङको शीर्ष स्थानमा उक्लियो - 2017-09-25
भारतले इन्दौरमा भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ५ विकेटले हराएको छ ।

बेलको गोलसँगै रियल मड्रिड विजयी - 2017-09-18
ग्यारेथ बलको गोलको मदतमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ ।

नेपाल बन्यो च्याम्पियन - 2017-09-17
नेपालले यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि हात पारेको छ। आइतबार बिहान सम्पन्न फाइनलमा हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपालले उपाधि कब्जा गरेको हो।

बार्सिलोनाको विजयी यात्रा कायमै - 2017-09-17
पाउलिन्होको गोलको मद्दतमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ ।

मलेसियालार्इ १० विकेटले हराउँदै नेपाल फाइनलमा - 2017-09-16
नेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गर्न सफल भयो ।

एसीसी यू-१९: नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित - 2017-09-11
एसीसी यू-१९ प्रतियोगितामा नेपालले थाइल्याण्डलार्इ २५५ रनले हराएको छ। नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो।

नाडालले जिते यूएस ओपन टेनिसको उपाधि - 2017-09-11
राफेल नाडालले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै नाडालले तेस्रो यूएस ओपन तथा १६ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

English News



1018944 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top