महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

खेलकुद

युभेन्टसले किएभोलाई हरायो, रोनाल्डोको गोल खेर गयो



खेलकुद प्रकाशित मिति:

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको यो खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो ।

११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन ।

सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २-१ को अवस्थामा पुर्‍याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २-२ को बराबरीमा फर्कियो ।

इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३-२ को जीत दिलाउन सफल भए । साभार अनलाईन खबर
लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो - 2018-03-04
काठमाडौँः सिजनको मध्यान्तरपछि राम्रो फर्मममादेखिएको लिभरपुलले न्यूक्यासल युनाइटेडलाई सजिलै पराजित गरेको छ ।

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी - 2018-02-26
रौतहट १४ फागुन // रौतहट जिल्लाको गौरमा युवा विकास केन्द्र गौरको आयोजनामा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को दोस्रो खेलमा वडा नम्बर २ को टिम विजयी भएको छ ।

आफ्नै मैदानमा आर्सनलको हार, अन्तिम १६ मा स्थान सुरक्षित - 2018-02-23
काठमाडौं: युरोपा लिग फुटबलमा पराजित भए पनि आर्सनलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

अस्ट्रेलियाले जित्यो त्रिकोणात्मक टी–२० सिरिज, फाइनलमा न्युजिल्यान्ड पराजित - 2018-02-22
इंग्ल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको त्रिकोणात्मक टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई डिएल मेथडमा १९ रनले पराजित गरेको हो।

रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो - 2018-02-22
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

हारबाट जोगियो बार्सिलोना, चेल्सीसँग बराबरी - 2018-02-21
काठमाडौं : च्याम्पियन्स लिग फुटबलअन्तर्गत बार्सिलोना र चेल्सीले एक-एक गोलको बराबरी खेलेका छन् । अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति यी दुई टिम भिडेका थिए ।

म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो, विगानसँग १-० ले स्तब्ध - 2018-02-20
काठमाडौं : म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । विगान एथलेटिक्ससँग सोमबार राति १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

रौतहटको सन्तपुरमा राष्ट्रिय भलिवल प्रतियोगिता - 2018-02-19
रौतहट ७ फागुन// ६८ औ प्रजातन्त्र दिवशको अवसरमा रचन्द्रपुर नपा ८ सन्तपुरमा राष्ट्रिय भलिवल प्रतियोगिता शुरु भएको छ । फागुन १० गते सम्म संचालन हुने प्रतियोगितामा बारा, सर्लाही, रौतहट , तनहु लगाएत जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन ।

रियल मड्रिडको प्रभावशाली जित - 2018-02-19
काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1364224 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top