logo
22 Jan 2019   |   
समाज

ग्यास वेल्डिङको ड्रम पड्किएर मृत्यु



समाज   13 पटक पढिएको   कलमपाटी     
विराटनगर ८ माघ । मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा ग्यास वेल्डिङको ड्रम पड्किएर मंगलबार बिहान ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको छ।

ग्यास वेल्डिङको ड्रम पड्किएर मृत्यु


लक्ष्मीमार्गस्थित बस्नेत ग्रिलमा काम गर्दै आएका बराइली ड्रम पड्किएर घाइते भएका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।

घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको थियो। 'निक्‍कै दिनदेखि नखोलिकन राखिएको ड्रम खोल्न खोज्दा एक्‍कासी  पड्किएछ,' राईले भने, 'नखोलिकन बिर्को लगाएर राखिएको अवस्थाको ग्याँस वेल्डिङको ड्रम तापक्रम बढी भएर पड्किएको हुन सक्छ।' उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिए। साभार अन्नपुर्ण










2303463 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top