प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
विकिपिडिया सर्चः किम पहिलो, साहरुख दोश्रो स्थानमा - 2018-03-04
बलिउड नायक साहरुख खान अहिले चलचित्र ‘जिरो’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकनमा व्यस्त भएपनि साहरुखको चर्चा विश्वभर विभिन्न कारणले हुने गरेको छ ।

तरकारीवाली भन्छिन्ः पढाई बिग्रेला भनेर थुप्रै फिल्म छोडेँ - 2018-02-23
कुसुम श्रेष्ठ ‘तरकारीवाली’ यतिबेला आफ्नो डेब्यू फिल्मको रिलिज पर्खाइमा छिन् । उनको अभिनय रहेको फिल्म ‘लम्फु’ वैशाखको पहिलो हप्ता प्रदर्शन हुँदैछ ।

आँखा झिम्क्याउने नायिकाको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै - 2018-02-23
आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरको लोकप्रियता चकित पार्ने खालको छ ।

‘पद्यावत’ हिट भएको खुसीमा भन्सालीले समुद्रमाथि पार्टी दिने - 2018-02-22
सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’ रिलिजपूर्व निकै विवादमा पर्‍यो । तर, रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई गरेको छ ।

इन्टरनेटमा भाइरल यी युवती अदालतको चक्करमा - 2018-02-21
‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् ।

यस्तो देखिए ‘बागी-२’मा टाइगर - 2018-02-21
ज्याकी श्राफ पुत्र टाइगर आफैमा तडकभडक नभएका अभिनेता मानिन्छन् । अक्सर बलिउड इभेन्टमा उनी सामान्य रुपमा पेश हुन्छन् । हेर्दा लाग्छ, उनी लजालु स्वभावका छन् ।

यी बलिउड सेलिब्रिटी, जसको एउटै गल्तिले करिअर डुब्यो - 2018-02-21
बलिउडमा सफल हुन त्यति सजिलो छैन । राम्रो अभिनय गरेर मात्रै पुग्दैन, आफुले अभिनय गरेको चलचित्रको ब्यापार पनि उत्तिकै राम्रो हुनुपर्छ ।

प्रेमिकासँग लगनगाँठो कस्ने तयारीमा बरुण धवन - 2018-02-21
बलिउडमा पछिल्लो पुस्ताका सफल अभिनेता बरुण धवनले घरजम गर्ने तयारी गरेका छन् । आफ्नी गर्लफ्रेन्ड नताशालाई यही साल उनले दुलही बनाएर भित्र्याउन लागेका हुन् ।

नाम मात्रका टाइगर ! प्रेमिकासँग यसरी हुन्छन् थुरथुर - 2018-02-20
बलिउड कलाकार टाइगर श्राफ र दिशा पटानी बीचको अफेयर त बच्चाहरुलाई पनि थाहा भइसक्यो । तर, आफ्नो ब्वाइफ्रेन्डलाई दिशाले कतिसम्म कन्ट्रोलमा राखेकी रहिछन् भन्ने थाहा पाएर तपाईं अचम्भित बन्नुहुनेछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1364245 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top