प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
जेलमा सलमानको पहिलो रात, कैदी नम्बर १०६ - 2018-04-06
मुम्बई : कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् ।

रणवीर भन्दा महंगा भए वरुण - 2018-03-31
इन्डीयन प्रीमियर लिग आईपीएल को शुरुवात ७ अप्रिलबाट हुँदैछ । यसलाई क्रिकेट महाकुम्भ मानिन्छ । क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो ।

श्रीदेवीकी छोरीको काखमा बस्ने युवक को हुन् ? - 2018-03-31
बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीका फ्यानहरु उनकी छोरी जान्ह्वी कपूरको डेब्यू फिल्म ‘धडक’ को तीव्र प्रतिषामा छन् । यो फिल्म ६ जुलाईमा रिलिज हुँदैछ ।

मे ११ मा सोनमले बिहे गर्ने - 2018-03-25
बलिउड अभिनेत्री सोनम कपुरको लामो समयदेखिका प्रेमी आनन्द आहुजासँग विवाह हुने पक्का भएको छ । अहिले ‘वीरे दी वेडिङ’ को सुटिङमा ब्यस्त सोनमको मे ११ र १२ मा विवाह हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रियंका र दिपिकाभन्दा कट्रिना लोकप्रिय - 2018-03-23
मुम्बई : पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफको फ्यान फ्लोइङ निकै बढेको छ । उनको लोकप्रियता भारतभित्र मात्रै सिमित छैन ।

५ वर्षपछि ‘रंगीला गर्ल’को कमब्याक - 2018-03-23
एक समय बलिउडमा तहल्का मच्चाएकी उर्मिला मातोडकर ५ वर्षदेखि गुमनाम थिइन् । अब उनका फ्यानहरुका लागि खुशीको खबर छ ।

भन्छिन्-‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक पर्दैन’ - 2018-03-20
बलिउड नायिका प्रियंका चोपडा ग्लोबल आइकनको रुपमा परिचित छिन् । उनी, हलिउड चलचित्रमा लागेसँगै उनको फ्यान पनि बढेका छन् । प्रियंका चलचित्रमा मात्र होइन, विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी छिन् ।

सुटिङका क्रममा घाइते भइन् आलिया भट्ट - 2018-03-20
बलिउड नायिका आलिया भट्ट चलचित्र सुटिङका क्रममा घाइते भएकी छिन् । बुल्गेरियामा चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा उनी घाइते हुन पुगेकी हुन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् ।

अभिनयमा फर्किँदै गुलशनकी बुहारी, रियललाइमा पनि उत्तिकै हट - 2018-03-20


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1364243 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top