मनोरञ्जन

यस्ती भइन् साहरुखकी छोरी



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा अत्यधिक चर्चा हुने स्टार किड्सहरुमध्ये एक हुन् शाहरुख खानकी छोरी सुहाना । कल्कलाउँदो बैंशमा हिँडिरहेकी उनलाई मिडियाले हरदम पछ्याइरहन्छन् ।


सुहाना हिजोबाट १८ वर्ष लागिन् । शाहरुख र उनकी पत्नी गौरीले सामाजिक सञ्जालमा छोरीलाई जन्मदिनको शुभकामना दिएका छन् । शाहरुखले हावामा उप्रिmरहेको छोरीको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘सबै छोरीहरु जस्तै, मलाई सँधै थाहा थियो कि तिमी उड्नका लागि नै बनेकी हौ र तिमी अब कानूनीरुपमा यो सबै गर्न सक्छौ जुन तिमीले १७ वर्षदेखि गर्दै आएकी छौ । लभ यू ।’


‘कानूनीरुपमा यो सबै गर्न सक्छौ’ भनेर शाहरुख खानले के कुरालाई ईंगित गर्न खोजेका हुन् बुझ्न सकिएको छैन । सुहाना शाहरुख र गौरीकी एक मात्र छोरी हुन् । उनीहरुका दुई छोरा छन् ।

झट्ट हेर्दा सुहाना बाबु जस्तै देखिन्छिन् । आँखा, नाक, मुख सबै दुरुस्तै छ । लामो कपाल हटाइदिने हो भने उनको रुपमा युवा अवस्थाको शाहरुख भेटिन्छ । उनी पनि बाबुको पदचाप पछ्याउँदै फिल्ममै करिअर बनाउन चाहन्छिन् । तर केटाको जस्तो अनुहार भएकाले उनलाई हिरोइन बन्न अप्ठेरो पर्न सक्ने कतिपयको बुझाई छ ।

अनुहार जस्तो भए पनि सुहाना निकै ग्ल्यामरस छिन् । सार्वजनिक कार्यक्रमहरुमा हट अवतारमा देखिन थालेकी छिन् । उनको विकिनी तस्वीर पनि सार्वजनिक भइसकेको छ । उनी चाँडै एउटा म्यागजिनको कभर गर्ल बन्दैछिन् । साभार अनलाईन खबर
नक्कली अन्तरवार्ताले दिक्क अनुष्का - 2018-03-11
मिडियामा बेला-बेला आउने झूटा गसिपले मात्रै हैन, अन्तरवार्ताले पनि सेलिब्रिटीलाई अप्ठ्यारो पार्ने गरेको छ । अहिले यस्तै, एक झुटो अन्तरवार्ताको शिकार भएकी छिन्, बलिउड नायिका अनुष्का शर्मा ।

अर्शी खानको अर्को फन्डाः पुजारीले यौन दुर्व्यवहार गरेको आरोप - 2018-03-09
‘बिग बोस ११’ मा बोल्ड इमेजका कारण चर्चामा आएकी अर्शी खानले एक पुजारीबाट आफू ‘सेक्सुअल ह्यर्यासमेन्ट’को शिकार भएको बताएकी छिन् । प्रहरीमा उजुरी गर्दै अर्शीले भनेकी छिन्, ‘पुजारी रमेश जोशीले मलाई छोरी भन्दै गलत तरिकाले छुन्थे ।’

दमौली महोत्सवमा आज लाइभ कन्सर्ट: चर्चित र्यापर लाउरेले युवा नचाउने - 2018-03-08
तनहुँ : तेस्रो दमौली महोत्सवमा आज ९बिहीबार० लाइभ कन्सर्ट हुने भएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन आज बिहीबार साझ चर्चित र्यापर आशिष राना ९लाउरे० को लाइभ कन्सर्ट हुने भएको हो ।

यसकारण टर्‍यो दीपिका र रणबीरको बिहे - 2018-03-07
बलिउडका रियल प्रेमजोडी नायिका दीपिका पादुकोण र नायक रणबीर सिंहको तत्काल विवाह हुने सम्भावना टरेको छ । उनीहरुले विवाह गर्न आँटेको भनेर केही मिडियाले खबर फैलाएका थिए ।

गर्मी लागेको संकेत प्रियंकाले यसरि गरिन् - 2018-03-06
धेरै नायिकालाई जाडो महिना मन पर्दैन । जाडोमा बाक्लो कपडा लगाएर हिड्नु पर्ने वाध्यता हुन्छ । हुनत, माघ महिनाको जाडोमा पनि नायिका प्रियंका कार्कीले पारदर्शी पहिरन लगाएर कार्यक्रममा पुगेको मिडिया र दर्शकले विर्सिएका छैनन् ।

नयाँ शक्तिको महाधिवेशन अर्को फागुनमा - 2018-03-05
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन अर्को वर्ष फागुनमा हुने भएको छ ।

किमको नयाँ फोटोसेसन - 2018-03-05
रियालिटी स्टार तथा अभिनेत्री किम कादर्शिनले एउटा म्यागेजिनका लागि फोटोसेसन गराएकी छन् । सधैँ हट र बोल्ड रूपमा प्रस्तुत हुँदै आएकी किम यसपालि भने फरक शैलीमा प्रस्तुत भएकी छिन् ।

विकिपिडिया सर्चः किम पहिलो, साहरुख दोश्रो स्थानमा - 2018-03-04
बलिउड नायक साहरुख खान अहिले चलचित्र ‘जिरो’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकनमा व्यस्त भएपनि साहरुखको चर्चा विश्वभर विभिन्न कारणले हुने गरेको छ ।

तरकारीवाली भन्छिन्ः पढाई बिग्रेला भनेर थुप्रै फिल्म छोडेँ - 2018-02-23
कुसुम श्रेष्ठ ‘तरकारीवाली’ यतिबेला आफ्नो डेब्यू फिल्मको रिलिज पर्खाइमा छिन् । उनको अभिनय रहेको फिल्म ‘लम्फु’ वैशाखको पहिलो हप्ता प्रदर्शन हुँदैछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

English News



1088145 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top