प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
मःम पसलबाट जन्मिएको ‘अमेरिका बोइज’ - 2018-05-28
जेठ १८ अर्थात आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘अमेरिका बोइज’लाई लिएर यसका निर्देशक प्रवेश पौडेल उत्साहित छन् । कमेडी जनराको यो चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने उनको वुझाई छ ।

सारालाई पहिलो गाँसमै ढुंगा, ५ करोड क्षतिपूर्ति माग्दै मुद्दा - 2018-05-27
बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ ।

यस्ती भइन् साहरुखकी छोरी - 2018-05-24
बलिउडमा अत्यधिक चर्चा हुने स्टार किड्सहरुमध्ये एक हुन् शाहरुख खानकी छोरी सुहाना । कल्कलाउँदो बैंशमा हिँडिरहेकी उनलाई मिडियाले हरदम पछ्याइरहन्छन् ।

आइपीएलको फाइनल शो होस्ट गर्दै रणवीर, दुई घन्टाको पारिश्रमिक एक करोड - 2018-05-24
भारतमा जारी इन्डियन प्रिमियर लिगको फाइनल म्याच अगाडि आयोजना हुने भव्य कार्यक्रमको होस्ट बलिउड अभिनेता रणवीर कपुरले गर्ने भएका छन् । २ घन्टा लामो उक्त कार्यक्रम होस्ट गर्न उनले एक करोड भारु पारिश्रमिक पाएको भारतीय मिडियाहरुले जनाएका छन् ।

वीरका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हामी नै व्यहोर्छौं - 2018-05-24
काठमाडौं : कलाकार धुर्मुसको अगुवाइमा भइरहेको वीर अस्पताल सरसफाइ र रंगरोगनको कार्य स्वास्थ्य मन्त्रालयको योजना र सरकारको बजेटबाटै भइरहेको अस्पताल प्रशासनले प्रष्ट पारेको छ । वीर अस्पतालका निर्देशक डा।भुपेन्द्र बस्नेतले कलाकारको ब्राण्डमात्र प्रयोग गरिएको बताए ।

प्रेममा विछोड भएपछि पूजाको पीडा - 2018-05-23
जेठ १८ गतेदेखि रिलिज हुन लागेको चलचित्र ‘बेबी आइ लभ यू’को फिमेल स्याड भर्सन ‘सायद तेरो मेरो’ सार्वजनिक भएको छ । पि्रयंका शर्माले आवाज भरेको गीतमा सन्तोष खड्गीको संगीत छ । चलचित्रकी मुख्य नायिका पूजा तिवारी यो गीतमा फिचरिङ गरिएको छ ।

यस्तो बन्यो ‘बेबी आई लभ यू’ को ‘सायद तेरो मेरो’को फिमेल भर्जनको गीत - 2018-05-22
काठमाडौं : फिल्म ‘बेबी आई लभ यु’को नयाँ गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक भएको छ ।

रेस ३ मा डुब्लिकेट प्रयोग गर्न मानिन् ज्याकलिनले - 2018-05-22
सलमान खानको बलिउड फिल्म ‘रेस ३’ को ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा यसमाथि खुबै मजाक चलिरहेको छ । खासगरी यो फिल्मको हास्यास्पद डाइलगहरुलाई लिएर ट्रोलहरु बनिरहेका छन् ।

सलमानपछि ऋतिकसँग दिशा - 2018-05-22
बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1364230 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top