प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला - 2018-07-03
विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कहाँ छिन् ? कुन देशमा छिन् ? कस्ती होलिन् ? भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूप देखेर धेरैको होस उड्न सक्छ ।

सन्नी लियोनीको पनि बायोपिक आउँदै - 2018-07-02
बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोनी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

क्यूज हलमा मात्र किन लाग्यो रणवीरको ‘सञ्जु’ ? - 2018-06-29
बलिउडका चर्चित नायक संजय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ हेर्न आतुर नेपाली दर्शकहरु त्यतिबेला निराश भए, जतिबेला काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा यो चलचित्र रिलिज नहुने खबर उनीहरुले पाए ।

गायक सुर्य राइ कमलको 'यो मेरो जीवन' म्युजिक भिडियो सार्वजनिक - 2018-06-17
काठमाण्डौ // गायक तथा संगीतकार सुर्य राई कमलले जन्मदिन म्यूजिक भिडीयो सार्वजनिक गर्दै र बाल आश्रममा एक कार्यक्रम गरेर मनाएका छन ।

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन - 2018-06-13
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।

टि्वटरमा झुल्किए कपिल, कमब्याकबारे के भन्छन् ? - 2018-06-11
भारतीय कमेडियन कपिल शर्माका फ्यान यतिबेला उनको निकै न्यास्रो मानिरहेका छन् । उनी टेलिभिजनमा नदेखिएको धेरै दिन भइसक्यो ।

आर्यन लुकाउने, साम्राज्ञी देखाउने - 2018-06-05
नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’ साउनमा रिलिज हुने घोषणा यसका वितरक सुनिल मानन्धरले केही दिन अगाडि गरिदिए । आर्यन अष्ट्रेलियामा भएको समयमा चलचित्रको रिलिज डेट घोषणा गरियो ।

नायिका अनन्या पाण्डेको दुर्घटना - 2018-06-04
डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ को सुटिङका लागि देहरादुन पुगेकी नायिका अनन्या पाण्डेको दुर्घटना भएको खबर छ ।

गरुडा सांस्कृतिक कार्यक्रममा अभिनेत्री रानी चटर्जी - 2018-05-29
रौतहट : रौतहटको गरुडा शनिबार कलाकार मय भयो । भोजपुरी फिल्मका स्टारहरुको बाक्लै जमघट रहेको गरुडा सांस्कृतिक कार्यक्रम हजारौ दर्शकको सहभागीता रहेको थियो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1364248 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top