मनोरञ्जन

यस्ती भइन् साहरुखकी छोरी



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा अत्यधिक चर्चा हुने स्टार किड्सहरुमध्ये एक हुन् शाहरुख खानकी छोरी सुहाना । कल्कलाउँदो बैंशमा हिँडिरहेकी उनलाई मिडियाले हरदम पछ्याइरहन्छन् ।


सुहाना हिजोबाट १८ वर्ष लागिन् । शाहरुख र उनकी पत्नी गौरीले सामाजिक सञ्जालमा छोरीलाई जन्मदिनको शुभकामना दिएका छन् । शाहरुखले हावामा उप्रिmरहेको छोरीको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘सबै छोरीहरु जस्तै, मलाई सँधै थाहा थियो कि तिमी उड्नका लागि नै बनेकी हौ र तिमी अब कानूनीरुपमा यो सबै गर्न सक्छौ जुन तिमीले १७ वर्षदेखि गर्दै आएकी छौ । लभ यू ।’


‘कानूनीरुपमा यो सबै गर्न सक्छौ’ भनेर शाहरुख खानले के कुरालाई ईंगित गर्न खोजेका हुन् बुझ्न सकिएको छैन । सुहाना शाहरुख र गौरीकी एक मात्र छोरी हुन् । उनीहरुका दुई छोरा छन् ।

झट्ट हेर्दा सुहाना बाबु जस्तै देखिन्छिन् । आँखा, नाक, मुख सबै दुरुस्तै छ । लामो कपाल हटाइदिने हो भने उनको रुपमा युवा अवस्थाको शाहरुख भेटिन्छ । उनी पनि बाबुको पदचाप पछ्याउँदै फिल्ममै करिअर बनाउन चाहन्छिन् । तर केटाको जस्तो अनुहार भएकाले उनलाई हिरोइन बन्न अप्ठेरो पर्न सक्ने कतिपयको बुझाई छ ।

अनुहार जस्तो भए पनि सुहाना निकै ग्ल्यामरस छिन् । सार्वजनिक कार्यक्रमहरुमा हट अवतारमा देखिन थालेकी छिन् । उनको विकिनी तस्वीर पनि सार्वजनिक भइसकेको छ । उनी चाँडै एउटा म्यागजिनको कभर गर्ल बन्दैछिन् । साभार अनलाईन खबर
सुनीलपछि सिद्धुसँग कपिल शर्माको झगडा - 2017-08-16
भारतीय कमेडियन कपिल शर्माको दिन राम्रो चलिरहेको छैन । उनी एकपछि अर्का सहकर्मीसँग झगडा गरिरहेका छन् ।

सद्दार्थको जीवनमा नयाँ युवती, आलियासँग गरे ब्रेकअप - 2017-08-16
त्यसो त सिद्दार्थ मल्होत्रा र आलिया भट्टले आफूहरुबीचको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेका थिएनन् । तर, दुनियालाई थाहा थियो, उनीहरुको रोमान्स कति गहिराईमा पुगेको छ भन्ने ।

नग्न फोटोसुटपश्चात् नायिका ईशा गुप्ताले भनिन्, ‘सबै पाखण्डी हुन्’ - 2017-08-15
नायिका ईशा गुप्ता आजकाल आफ्नो नयाँ फिल्म ‘बादशाहो’ भन्दा बढि आफ्नो फोटोसुटका कारण चर्चामा छिन् । इन्स्टाग्राममा नग्न फोटोका कारण उनले आपत्तिजनक र भद्दा कमेन्टको सामना गर्नुपर्यो । यद्यपी, अब ईशाले पनि आफ्ना आलोचकलाई कडा जवाफ दिएकी छिन् ।

लेखक सुबिनले गरे चलचित्र ‘समर लभ’को सुरुवात - 2017-08-15
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायाँकन सुरु भएको छ ।

‘धुर्मुस’को समाजसेवा, चौतर्फी प्रशंसा - 2017-08-15
धेरै कलाकारले बाढीबाट प्रभावित मानिसहरुका लागि सामाजिक संजालमा स्टाटस लेखिरहँदा वा केही कलाकारले रकम सहयोगको घोषणा गरिरहँदा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भने महोत्तरी पुगिसकेका थिए ।

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ? - 2017-08-14
चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे ।

यस्तो देखियो फष्टलुकमा सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ - 2017-08-14
सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’को फष्टलुक सार्वजनिक भएको छ ।

औषधी र खाद्यान्न बोकेर बाढी प्रभावित क्षेत्रमा पुगे ‘धुर्मुस - 2017-08-13
चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् ।

बाढी पीडितलाई कलाकार संघको ६५ हजार सहयोग - 2017-08-13
देशको पूर्वी तथा पश्चिम क्षेत्रमा शुक्रबार रातीदेखि परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । तराइमा अविरल पानी पर्दा बाढी पहिरोको समस्या पनि सुरु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

English News



1088147 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top