मनोरञ्जन

यस्ती भइन् साहरुखकी छोरी



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा अत्यधिक चर्चा हुने स्टार किड्सहरुमध्ये एक हुन् शाहरुख खानकी छोरी सुहाना । कल्कलाउँदो बैंशमा हिँडिरहेकी उनलाई मिडियाले हरदम पछ्याइरहन्छन् ।


सुहाना हिजोबाट १८ वर्ष लागिन् । शाहरुख र उनकी पत्नी गौरीले सामाजिक सञ्जालमा छोरीलाई जन्मदिनको शुभकामना दिएका छन् । शाहरुखले हावामा उप्रिmरहेको छोरीको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘सबै छोरीहरु जस्तै, मलाई सँधै थाहा थियो कि तिमी उड्नका लागि नै बनेकी हौ र तिमी अब कानूनीरुपमा यो सबै गर्न सक्छौ जुन तिमीले १७ वर्षदेखि गर्दै आएकी छौ । लभ यू ।’


‘कानूनीरुपमा यो सबै गर्न सक्छौ’ भनेर शाहरुख खानले के कुरालाई ईंगित गर्न खोजेका हुन् बुझ्न सकिएको छैन । सुहाना शाहरुख र गौरीकी एक मात्र छोरी हुन् । उनीहरुका दुई छोरा छन् ।

झट्ट हेर्दा सुहाना बाबु जस्तै देखिन्छिन् । आँखा, नाक, मुख सबै दुरुस्तै छ । लामो कपाल हटाइदिने हो भने उनको रुपमा युवा अवस्थाको शाहरुख भेटिन्छ । उनी पनि बाबुको पदचाप पछ्याउँदै फिल्ममै करिअर बनाउन चाहन्छिन् । तर केटाको जस्तो अनुहार भएकाले उनलाई हिरोइन बन्न अप्ठेरो पर्न सक्ने कतिपयको बुझाई छ ।

अनुहार जस्तो भए पनि सुहाना निकै ग्ल्यामरस छिन् । सार्वजनिक कार्यक्रमहरुमा हट अवतारमा देखिन थालेकी छिन् । उनको विकिनी तस्वीर पनि सार्वजनिक भइसकेको छ । उनी चाँडै एउटा म्यागजिनको कभर गर्ल बन्दैछिन् । साभार अनलाईन खबर
हलमा ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’ - 2017-08-20
शुक्रबारदेखि दुई फरक जानराका फिल्म ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’ हलमा लागिरहेका छन् ।

जब श्रीदेवीको जन्मदिनमा ब्याकलेस ड्रेस लगाएर देखिइन् छोरी जान्ह्वी - 2017-08-19
आफ्नो जमानाकी चर्चित अभिनेत्री श्रीदेवी अहिले बलिउडबाट पाखा लागिसकेकी छिन् । किनभने अहिले बलिउडमा उनका छोरी पुस्ताको जगजगी छ ।

कपिलले रद्द गरे अमिताभसँगको सुटिङः बिरामी भएर होइन, यस्तो थियो कारण - 2017-08-19
कपिल शर्मा पुनः एकपटक आफ्नो कार्यक्रमको सुटिङ रद्द भएकाले चर्चामा छन् । यसपटक उनले अमिताभ बच्चनसँगको सुटिङ रद्द गरे ।

‘अनमोल र प्रदिपविच पारिश्रमिक र स्टारडमको टकराव - 2017-08-18
कुनै समय थियो, जतिबेला नेपालमा नम्बर १ को भन्ने लडाइ खुबै चल्थ्यो । केही कलाकारहरु पत्रकारकोमा आफूलाइ बर्षकै नम्बर १ नायिका वा नायक भनेर समिक्षा गर्दिन भन्दै धाउथ्य । तर, यो लडाइ चलचित्र बजारमा केही समय रोकियो । कारण, नेपालमा स्टारडमको अभाव थियो ।

सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो नम्बरमा - 2017-08-18
केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन ।

प्रिमियरमा हट रोजिशा, अभिनय भने कस्तो रु - 2017-08-17
चलचित्र ‘ग्याङस्टार ब्लूज’मा दुइ महिला पात्र छन्, जसको भूमिका पावरफूल छ । चलचित्रमा नायिका आना शर्मा र नव(नायिका रोजिशा शाहीको मुख्य भूमिका छ ।

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे - 2017-08-17
बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो ।

राहत बाड्न गायक पङ्गेनीको टोली गौरमा - 2017-08-16
बाढी बाट पिडित बनेका हरु लाइ राहत वितरण गर्नका लागी लोक गायक बद्री पङ्गेनी रौतहटको गौर आएका छन । सडक भत्किएर सवारी साधन जान नसके पछि उन्को टोली बाढीमा पैदल हिडेर गएको हो ।

प्रभासको ‘साहो’मा श्रद्धा फाइनल - 2017-08-16
लामो समयको चर्चापछि अन्ततः साउथ सुपरस्टार प्रभासले अभिनय गर्न लागेको चलचित्र ‘साहो’का लागि नायिका फाइनल गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

English News



1088139 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top