प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
हनिमुन मनाउन गएका विराट-अनुष्का यस्तो अवस्थामा भेटिए - 2018-01-02
विराट कोहली र अनुष्का शर्मा हनिमुनका लागि दक्षिण अफ्रिका पुगेका छन् । केही समयअघि यो जोडीले सेल्फी खिचेर तस्वीर सार्वजनिक गरेका थिए । तस्वीर हेर्दा लाग्थ्यो, नयाँ बर्षको मुडमा उनीहरु मस्ती गरिरहेका छन् ।

पार्टी खोलेर राजनीतिमा आउने रजनीकान्तको घोषणा - 2017-12-31
दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् ।

२०१७ बलिउडः कुन अभिनेत्री हिट ? - 2017-12-30
२०१७ बलिउड अभिनेत्रीका लागि कस्तो रह्यो । कुन अभिनेत्रीले कति फिल्ममा खेल्न भ्याए, त्यसमध्ये कति हिट भयो कति फ्लप रु हेरौं २०१७ मा बलिउड अभिनेत्रीको स्कोरबोर्ड ।

के नेपाल आउँदैछिन् कट्रीना ? - 2017-12-29
प्रदर्शनरत चलचित्र ‘टाइगर जिन्दा है’की अभिनेत्री कट्रीना कैफ नेपाल आउने भएकी छन् । उनी एक्लै नेपाल आउन लागेकी भने होइनन् । ‘दबंग टुर’का कलाकारसँगै उनी नेपाल आउन लागेकी हुन् ।

‘टाइगर जिन्दा है’ कट्रिनाका कारण सफलस् सलमान - 2017-12-28
५ दिनमै १ सय ७१ करोड कमाएको चलचित्र ‘टाइगर जिन्दा हे’ सफल हुनुको श्रेय नायक सलमान खानले नायिका कट्रिना कैफलाई दिएका छन् ।

प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता - 2017-12-28
संघर्षरत अवस्थामा बलिउडमा कति सास्ती खेप्नुपर्‍यो रु शक्तिको आडमा निर्देशकरअभिनेताले कसरी स्वार्थ लुट्ने चेष्टा गरे ?

२०१७ मा डेब्यु गर्ने कोही हिट, कोहीसुपर फ्लप - 2017-12-28
आजको चार दिनपछि अंग्रेजी नयाँ बर्षको क्यालेन्डरको अन्तिम पातो पल्टदैछ । अर्थात २०१७ ले विदाई लिदैछ ।

के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ? - 2017-12-14
नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् ।

उत्तेजना भड्काएको आरोपमा पप स्टारलाई जेल - 2017-12-14
इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1364252 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top