राजनीति

कांग्रेसको ‘महोदय ज्यू’ र मधेसवादीको संविधान संशोधनमा प्रधानमन्त्रीको के आउला जवाफ ?



राजनीति प्रकाशित मिति:

काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेशवादी दलका सांसदले नीति तथा कार्यक्रममाथि संशोधन समेत हालेका छन् । विशेष गरि कांग्रेसले राष्ट्रपतिबाट सम्बोधन हुने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै संशोधन हालेको छ ।

कांग्रेसले नीति तथा कार्यक्रमका अन्य विषयमा भन्दा पनि राष्ट्रपतिले सभामुख महोदय र अध्यक्ष ज्यू नभएको कुरालाई संसदमा पनि महत्वका साथ उठाएको छ । स्वयं कांग्रेस सभापति शेरवहादुर देउवाले समेत नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा यो विषय उठाएका थिए ।

सरकारले भने संघीय संसद सचिवालयको संयन्त्रले दिएको राय सुझाव र संसदले बनाएको बिधी अनुसारनै राष्ट्रपतिको सम्बोधन तय भएको बताइसकेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले अनलाइनखबरमार्फत कांग्रेसले उठाएको सम्बोधन विवाद औचित्यहीन रहेको बताएका थिए ।

प्रधानमन्त्रीले आज यस विषयमा पनि जवाफ दिनेछन् । नीति तथा कार्यक्रममाथि छलफलका क्रममा मधेशवादी दलले संविधान संशोधनको प्रतिबद्धता नआएको बताएका छन् । उनीहरुले यस विषयमा संशोधन समेत हालेका छन् ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । नीति तथा कार्यक्रममाथि बिभिन्न ६ वटा संशोधन पेश भएका छन् ।

संसदमा सरकारको पक्षमा सुबिधाजनक बहुमत रहेकाले ती संशोधन पास हुने सम्भावना छैन । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले सोही कार्यक्रम कार्यन्वयनका लागि जेठ १५ गते बजेट पेश गर्दैछ । साभार अनलाईन खबर
निजगढ नगरपालिका प्रमुखको राजिनामा माग - 2018-03-19
बारा : बाराको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालको नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् जनसत्ता, नेपालले राजिनामा माग गरेको छ ।

रामस्नेही राय यादब लाई धम्कि दिने दुई जना पक्राउ - 2018-03-19
रौतहट ५ चैत्र // रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादब लाई अपहरण र हत्याको धम्कि दिने दुई जना पक्राउ परेका छन ।

रौतहटका केही स्थानिय तहमा विवाद , विकास निमार्णको काम अलपत्र - 2018-03-18
रौतहट १ चैत्र // रौतहटमा १८ वटा स्थानिय तह छन । दुइ गाउपालिका १६ वटा नगरपालिका रहेको रौतहटका केही स्थानिय तहमा विवाद छन । आर्थिक बर्ष सकिन चार महिना मात्रै बाकी रहदा समेत तीन वटा नगरपालिकाले प्रथम नगरसभा सम्पन्न गर्न सकेको छैन ।

कानुन निर्माणमा जुट्दै प्रदेश २ - 2018-03-18
वीरगञ्ज : प्रदेश २ सञ्चालनका लागि आवश्यक कानुनको ड्राफ्ट बनाउने काम सुरु भएको छ । प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले तीन महिनाभित्र प्रदेशका लागि आवश्यक ऐन तयार गर्ने गरी तयारी भइरहेको बताए । आवश्यक प्रक्रिया पुर्याएर छिट्टै प्रदेश सञ्चालनका लागि अत्यावश्यक एक दर्जन ऐन पारित गर्ने उनको भनाइ छ ।

पर्यटनमन्त्रीको पहिलो निर्णय निजगढ विमानस्थललाइ तीव्रता , भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक - 2018-03-17
चैत्र ३ ,काठमाडौं // राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ ।

वडा अध्यक्षहरु नै चक्काजाम गर्न सडकमा - 2018-03-16
रौतहट २ चैत्र // रौतहटको बृन्द्धावन नगरपालिकाको केन्द्र सार्ने बिषयमा शुक्रबार गौर चन्द्रपुर स्थित बिरेन्द्र राजमार्ग अबरुद्ध गरिएको छ ।

एमालेले छान्यो मन्त्री: प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटनमन्त्री - 2018-03-16
काठमाडौं : नेकपा एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगमएका हुन् ।

माओवादीले छान्यो ५ मन्त्री, विना मगरलाई खानेपानी मन्त्रालय - 2018-03-16
काठमाडौं : माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।

करेन्ट लागेर बालकको मृत्यु - 2018-03-16
चितवन : भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 NEXT

English News



1090678 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top