राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
युवा संघ द्धारा रौतहटमा प्रशिक्षण कार्यक्रम - 2016-09-23
कलमपाटी ७ असोज नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रौतहट द्धारा आयोजीत दुइ दिने जिल्ला स्तरीय प्रशिक्ष कार्यक्रम सम्पन्न भएको छ । चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रय सचिव नरेश शाही प्रमुख आथित्यमा प्रशिक्षण कार्यक्रम भएको हो ।

चन्दा असुल्ने नेता नछाडे बैध नेतृत्वको माओवादीले आन्दोलन गर्ने - 2016-09-22
काठमाण्डौ ६ असोज कार्यकर्ताहरु पक्राउ गरेको बिरोधमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आन्दोलन गर्ने जनाएको छ ।

एमालेको केन्द्रिय बैठकमा टोली नेताहरुले सुझाव प्रस्तुत - 2016-09-22
काठमाण्डौ ६ असोज / नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन गरीएको छ ।

सरकारले मधेश आन्दोलनका घाइतेहरुलाइ उपचार खर्च दिने - 2016-09-22
काठमाण्डौ ६ असोज/ सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएकाकाहरुको उपचारमा लागेको खर्च मधेसी मोर्चाले पेश गरेको बिलको आधारमा निकास गर्ने निर्णय गरेको छ ।

म्यादी सरकारले चुनाव गराउला भन्ने आंस छैन : एमाले अध्यक्ष ओली - 2016-09-21
काठमाण्डौ ५ असोज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुदा वितरणगर्न ठिक्क पारेको रकम अहिलेको सरकारले बांडेको बताएका छन ।

एमाले पार्टी सिमलको भुवां हैन : अध्यक्ष ओली - 2016-09-21


गम्भिर घटनाका दोषि लाइ उन्मुक्ति नदिने - 2016-09-21
काठमाण्डौ ५ असोज प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी द्धन्द्धकालमा भएका अपराधिक घटनाका दोषिले उन्मुक्ति नपाउने बताएका छन ।

मोर्चा द्धारा कालो दिन मनाउदै बिरोध प्रर्दशन - 2016-09-19
कलमपाटी ३ असोज मधेशी मोर्चा तथा संघिय गठबन्धनले काठमाण्डौ लगाएत तराइ मधेशका जिल्लाहरुमा संबिधान निमार्ण भएको दिन लाइ कालो दिनको रुपमा बिरोध स्वरुप बिभिन्न कार्यक्रम गरेका छन ।

मोर्चाले संबिधान दिवसको दिन कालो झण्डा देखायो - 2016-09-19
रौतहट ३ असोज मधेशी मोर्चाले संबिधान निमार्ण भएको दिनलाइ कालो दिन मनाउदै कालोझण्डा लिएर प्रर्दशन गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084288 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top