१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
निर्बाचन क्षेत्र पुर्बाधार योजनाहरुको काम टेन्डर बाट हुनुपर्ने माँग - 2016-11-20
रौतहट, ५ मंसिर रौतहट जिल्लाका स्थानिय राजनितिक दल र नागरिक समाजका अगुवाहरुले बिकाश निर्माणका कार्यहरु पारदर्शि र नागरिक मैत्रिहुनु पर्ने मांग गरेकोछ ।

सर्लाहीमा एमाले पहिलो पार्टी बनाउन संकल्प - 2016-11-20
कलमपाटी ५ मंसिर नेकपा एमाले सर्लाही जिल्लाको नवौं जिल्ला कमिटी वैठक सम्पन्न भएको छ ।

कालो झण्डा देखाउन खोज्ने मोर्चाका नेता नियन्त्रणमा - 2016-11-15
रौतहट ३० कार्तिक / नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लाइ कालो झण्डा देखाउन पुगेको मधेशी मोर्चाका नेता कार्यकर्ताहरु लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसद पाण्डेको निधन - 2016-11-14
कलमपाटी २९ कार्तिक नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको सोमवार निधन भएको छ । एक वर्षदेखि क्यान्सरबाट पीडित सांसद पाण्डेको ६२ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पताल ललितपुरमा निधन भएको हो ।

उपचार खर्च दिएकोमा सरकारको चर्को आलोचना - 2016-11-14
कलमपाटी २९ कार्तिक नेपाली कांग्रेसकी नेतृ एवम पूर्वपरराष्ट्र मन्त्री सुजाता कोइराला लाइ ५० लाख रुपैयाँ उपचार खर्च दिने सरकारको निर्णयको बिरोध भएको छ ।

प्रचण्डका सय दिनः निराशै निराशा - 2016-11-11
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको जिम्मेवारी समालेयताका सय दिनमा जनतामा आशाभन्दा निराशा बढी देखिएको छ ।

मधेशी र थारु आन्दोलनका मुद्धा फिर्ता लिने तयारी - 2016-11-11
काठमाण्डौ २६ कार्तिक / उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेस आन्दोलन र थार आन्दोलनमा लागेका दुइसय ८ वटा मुद्दाहरु फिर्ता लिने तयारी भैरहेको जानकारी दिएका छन ।

मोर्चा र गठबन्धनको सयुक्त बैठक - 2016-11-10
काठमाण्डौ २५ कार्तिक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघिय गठबन्धनको काठमाण्डौमा बिहिवार बैठक बसेको छ ।

पुर्व प्रधानमन्त्री नेपाल र अमेरीकी राजदुत बिच भेट - 2016-11-07
काठमाण्डौ २२ कार्तिक / नेकपा (एमाले) का बैदेशिक मामिला विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधकुमार नेपालसग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिजले सोमवार आज शिष्टाचार भेट गरेकी छिन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1381286 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top