राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
पुर्व प्रधानमन्त्री नेपाल र अमेरीकी राजदुत बिच भेट - 2016-11-07
काठमाण्डौ २२ कार्तिक / नेकपा (एमाले) का बैदेशिक मामिला विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधकुमार नेपालसग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिजले सोमवार आज शिष्टाचार भेट गरेकी छिन ।

सरकारविरुद्ध आन्दोलनमा उत्रने उपेन्द्र यादवको चेतावनी - 2016-11-06
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए सरकारविरुद्ध आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपालको समस्या समाधानमा बाहीरी हस्तक्षेप अस्विकार्य : नेता नेपाल - 2016-11-05
नेकपा एमालेका बरीष्ठ नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् ।

संबिधान संसोधन भाषणमा मात्रै : नेता साह - 2016-11-04
कलमपाटी १९ कार्तिक पुर्वमन्त्री एवं संसदको अन्तरराष्ट्यि श्रम संबन्धन समितिका सभापती प्रभु साहले संबिधान संसोधन नेताहरुको भाषणमा मात्र सिमित भएको बताएका छन ।

मंसिर ४ गते राजपुरमा काग्रेसको सभा - 2016-11-04
कलमपाटी १९ कार्तिक पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मो आफताव आलमले पाँच कदम पछी हटेर भएपनी संबिधान संसोधन गरी देशमा बिधमान बिभेद अन्तगर्न सबै दलहरुलाई आग्रह गरेका छन ।

पार्टी मित्रै प्रचण्डको तिव्र आलोचना - 2016-11-03
कलमपाटी १८ कार्तिक सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालको तीब्र आलोचना सुरु भएको छ ।

भारतिय राष्ट्रपति मुखर्जी नेपालमा,के के भयो काठमाण्डौमा - 2016-11-02
काठमाण्डौ १७ कार्तिक/ भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागी नेपाल आइपुगेका छन । बुधवार दिउसो उनी ६० सदसिय भ्रमण टोली सहीत साढे बार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।

खाउ पकाउमा सरकारको नौ महिना बित्ने : संसद साह - 2016-10-30
कलमपाटी १४ कार्तिक पुर्वमन्त्री एवं संसदका अन्तरराष्ट्यि श्रम संगठनका सभापती प्रभु साहले बर्तमान सरकारको खाने र देखाउने दाँत छुटाछुटै रहेको टिप्पणी गरेका छन ।

डोमको घरमा बिजुली मिटर जडान गर्छु : उर्जा राज्यमन्त्री भगत - 2016-10-29
कलमपाटी १३ कार्तिक डोमको घरमा बिउर्जा राज्यमन्त्री सत्यनारायण भगतले गरीविको चपेटामा रहेको डोम जातीको घरमा बिजुली मिटर जडान गर्ने बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084275 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top