१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
अहिले सम्म कुन पार्टीले कहा जीते - 2017-05-16
मंगलवार राति ८ बजे सम्म ३० वटा को निर्वाचन परीणाम बाहिर आएको छ । त्यस मध्य कुन तहमा कस्ले जीते हेर्नुहोस /

दैलेखको नारायण नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी - 2017-05-16
दैलेखको नारायण नगरपालिकामा एमालेका मेयर र उपमेयरसहित प्यानल नै विजयी भएको छ ।

ठुलीभेरी नगरपालिकामा एमालेको मेयर - 2017-05-16
ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार गणेशवहादुर शाही बिजयी भएका छन ।

१४ स्थानमा कहा कस्ले जीते - 2017-05-16
पहिलो चरणको मत गणना जारी छ , मत गणना मा ढिलाइ भएपनि केही स्थानका परीणामहरु आइसेका छन । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा १४ स्थानमा कस कस्ले जीते सुचि सहित हेर्नु होस ।

बिवाद पछि कीर्तीपुर नपाको मतगणना स्थगित - 2017-05-16
कीर्तिपुर नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको वडा नम्बर २ को मतगणना सकिएपछि कांग्रेसले पुन मतगणनाको माग गरेकाले विवाद भएको हो ।

पहिलो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान - 2017-05-14
काठमाण्डौ ३१ बैसाख / पहिलो चरणमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

चन्द्रपुर ४ मा एमालेले ५ सय एक जनाको निर्वाचन परीचालन कमिटी बनायो - 2017-05-14
नेकपा एमालेको रौतहट स्थित चन्द्रपुर नपाको ४ नम्वर वडाको बृहत भेला ले निर्वाचन परीचालन कमिटी गठन गरेको छ ।

देशलाइ निकास दिन निर्वाचनमा : अध्यक्ष उपेन्द्र यादव - 2017-05-12
काठमाण्डौ २९ बैसाख/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देश लाइ निकास दिन निर्वाचनमा भाग लिएको बताएका छन ।

अनुशन्धानको नाममा निर्दोष लाइ दुःख नदेउ - 2017-05-12
रौतहट २९ बैसाख / नेकपा माओवादी केन्द्रले बिश्रामपुरमा भएको हत्याको घटनालाइ लिएर बिज्ञप्ती निकालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1381214 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top