१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी - 2017-12-12
प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्रदेश २: मुख्यमन्त्री पदमा राजपा कि फोरम - 2017-12-12
प्रदेश २ का प्रदेशसभाका ६४ सिटमध्ये झन्डै आधा सिट राजपा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनले जितेको छ। संघीय फोरम–राजपा गठबन्धनकै नेतृत्वमा प्रदेशसभा गठन हुने सम्भावना देखिन्छ।

प्रतिपक्षलाई सम्मान गर्छौं, मिलेर देश बनाउँछौंः ओली - 2017-12-11
नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनाव जितेपछि प्रचण्डले भने-सरकार गठन र पार्टी एकता सँगसँगै - 2017-12-11
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

सिन्धुलीका ६ वटै सिटमा वाम गठबन्धन विजयी - 2017-12-11
मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट सिन्धुली जिल्लाका ६ वटै सिटमा वाम गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन्।

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ - 2017-12-11
यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् ।

विवादपछि सर्लाही ४ को मतगणना अवरुद्ध : झडपमा दुई घाइते - 2017-12-11
पार्टी प्रतिनिधिबीचको विवाद झडपमा परिणत हुँदा सर्लाही क्षेत्र नम्बर ४ को मतगणना अवरुद्ध भएको छ। एउटा मत पेटिएका सात सिल हुनुपर्ने भए पनि पाँच वटा मात्र भेटिएपछि विवाद भएको हो।

सर्लाही ३ (क)बाट वामका डिल्लीप्रसाद उप्रेती विजयी - 2017-12-11
सर्लाही क्षेत्र नम्बर ३ (क)मा वाम गठबन्धनका डिल्लीप्रसाद उप्रेती विजयी भएका छन्।

सर्लाही १ (ख)मा वामकी बेची लुङगेली विजयी - 2017-12-11
सर्लाही क्षेत्र नम्बर १ ९ख०बाट वाम गठबन्धनकी बेची लुङगेली विजयी भएकी छन् । लुङगेलीले नेपाली कांग्रेसका शेष साह दुल्लाहलाई ६ हजार १ सय ६६ मतले पछि पार्दै विजयी भएकी हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1381310 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top