राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
प्रहरीका पुर्व आईजीपी, पुर्व राज्यमन्त्री पराजीत - 2017-12-14
रौतहट २८ मंसीर// रौतहटमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका चर्चित व्यक्तिहरुले हार वेहोर्नु परेका छन । जिल्लाको बिभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधी सभा तथा प्रदेशका क्षेत्रहरुमा उम्मेदवारी दिएका पुर्व राज्यमन्त्री , पुर्व आइजीपी, पुर्व बिशिष्ट कर्मचारी पराजित भएका छन ।

६० जिल्लाको मतगणना सकियो, काठमाडौंलगायत जिल्लाको गणना चल्दै - 2017-12-14
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

पहिलोपटक चुनाव लडेजस्तो लाग्योः प्रचण्ड - 2017-12-14
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको बताएका छन् । उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्नेसमेत प्रष्ट पारे ।

प्रतिनिधिसभा प्रत्यक्षको सबै नतिजा सार्वजनिक, को कहाँ विजयी ? - 2017-12-13
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ क्षेत्रको नतिजा बुधबार बिहान सार्वजनिक भएको हो।

प्रदेश २ मा एमालेलाई दुर्इ सिट मात्रै - 2017-12-13
अन्य प्रदेशमा उल्लेखनीय जित हासिल गरेको वाम गठबन्धनको ठूलो दल एमाले २ नं प्रदेशमा निकै कमजोर देखिएको छ ।

ह्याट्रिक गर्ने साहलाई ५१ किलोकोे माला - 2017-12-12
रौतहट २६मंसीर// रौतहट संबिधानसभा निर्वाचन क्षेत्र नम्बर ३ मा ह्याट्कि गर्ने माओवाद िकेन्द्रका नेता प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरीएको छ ।

सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह विजयी - 2017-12-12
सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् ।

बारामा कुन दलको हैसियत के ? - 2017-12-12
चार निर्वाचन क्षेत्र रहेको बारामा प्रत्यक्ष निर्वाचनतर्फको मतगणना सकिएको छ। मतपरिणाम अनुसार राजपा-फोरम गठबन्धनले बाराको अधिकांश क्षेत्रमा जीत हात पारेको छ।

सर्लाही ४ र सुनसरी ३ को मतगणना सुरु - 2017-12-12
सर्लाही क्षेत्रनम्बर ४ र सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना मंगलबार बिहानबाट पुनः सुरु भएको छ । सुनसरी ३ अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि र सर्लाही ४ मा मतपेटिकामा शिल नलगाएको पाइएपछि विवाद भएको थियो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084320 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top