राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने साम्सद राजिब पाहारिको घोषणा - 2018-01-21
माघ ७ ,पोखरा// कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का साम्सद राजिब पाहारिले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन।

सपथ लिन गएनन् दीपक मनाङे - 2018-01-21
पोखरा : प्रदेश ४ का ५८ प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित सपथग्रहण समारोहमा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए भने श्रेष्ठले अन्य ५७ सांसदलाई सपथग्रहण गराएका थिए ।

प्रदेश २ का सांसदले लिए सपथ, भाषामा विवाद - 2018-01-21
जनकपुर : २ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बालकोटमा बस्दैछ एमाले–माओवादी एकता संयोजन समिति बैठक - 2018-01-21
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ ।

प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ - 2018-01-21
पोखरा : प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् । लगतै प्रदेशसभाका जेष्ठ सदस्यलार्इ सपथ गराएका छन् ।

प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ - 2018-01-21
पोखरा : प्रमुख ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज - 2018-01-21
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।

प्रदेश सांसदको सपथ आज - 2018-01-21
काठमाडौं : सातै प्रदेशका सांसदलाई प्रदेश प्रमुखले आइतबार शपथ खुवाउँदै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सातै प्रदेशको अस्थायी मुकाममा आइतबार बिहान ११ बजे प्रदेश प्रमुखले सम्बन्धित प्रदेशमा निर्वाचित भएका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो।

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन - 2018-01-20
मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1083774 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top