रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
राजधानी विवादमा भावी मुख्यमन्त्री राउतले भने- संवैधानिक प्रावधान अनुसार अघि बढ्छौं - 2018-02-12
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका फोरम संसदीय दलका नेता लालबाबु राउतले संवैधानिक प्रावधान अनुसार राजधानी विवाद टुंगो लगाइने बताएका छन् ।

प्रदेश २ को संसदमा दौरा सुरुवालको ‘अल्पकालीन इन्ट्री’ - 2018-02-12
जनकपुरधाम : सोमबार निर्धारित प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक कुवा रामपुरस्थित प्रदेश संसद भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो ।

प्रदेश २ मा सभामुखको चुनाव पर्सि - 2018-02-12
जनकपुरधाम : प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ ।

रौतहटका चार नेतृ संसद बन्ने पक्का - 2018-02-11
रौतहट २८ माघ // प्रतिनिधी सभाको समानुपातीक तर्फ एमालेले रौतहटका चार जनाको नाम पठाएको छ । चारै जना संसद बन्ने निश्चित भएका छन ।

वीरगन्जको आन्दोलनमा मिसिए रौतहटवासी - 2018-02-11
वीरगन्ज : प्रदेश राजधानी माग्दै वीरगन्जमा जारी आन्दोलनमा शनिबारदेखि रौतहटवासी पनि सहभागी भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, राजपाले सभामुख र तीन मन्त्रालय लिने - 2018-02-10
काठमाडौं : संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार बन्नेछ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक नतिजा सार्वजनिक : कुन दलले कति सिट जिते ? - 2018-02-09
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिएको छ ।

ओली र प्रचण्डबीच एक घन्टा ‘वान टु वान’ वार्ता - 2018-02-08
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ।

उपेन्द्र यादवले अस्वीकार गरे प्रस्ताव, फोरम र राजपाबीच कुरा मिलेन - 2018-02-07
जनकपुरधाम : प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहिन हुन पुगेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374726 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top