रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
प्रदेश राजधानीको असर : महँगियो जनकपुर - 2018-07-21
जनकपुरधाम : प्रदेश २ को अस्थायी मुकाम घोषणा भएपछि जनकपुर निरन्तर महँगिँदै गएको छ। जनकपुरमा खाद्यान्नदेखि लत्ताकपडाको मूल्य पनि महँगिएको छ। पछिल्लो ६ महिनामा जनकपुर पहिलाभन्दा महँगिएको स्थानीय बासिन्दाको पनि आंकलन छ। उनीहरूका अनुसार जनकपुर जहिलेदेखि प्रदेश राजधानी भयो तबदेखि महँगो हुँदै गएको हो। घरभाडा, होटल, तरकारी, जग्गाजमिन, यातायातसहित अधिकांशको मूल्य वृद्धि भएको पाइन्छ।

वडाध्यक्ष छात्रवृत्ति पुरस्कार वितरण - 2018-07-20
रौतहट // दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा यश पाली देखि वडाध्यक्ष छात्रवृत्ति पुरस्कारकाे घाेषणा भएको छ ।

इलाका प्रशासन कार्यालयको माग गर्दै बारामा ज्ञापन पत्र - 2018-07-20
रौतहट ४ साउन // बारा जिल्लाको क्षेत्र न ४ स्थित ख अन्तर्गत रहेका गाउँपालिकाहरुका नागरीकहरुलाइ सुबिधा पुग्ने गरी इलाका प्रशासन कार्यालय भुलही चौकमा स्थापना गर्न माग गरीएको छ ।

मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित - 2018-07-20
सप्तरी : सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

धरानका मेयर तारा सुब्बाको निधन - 2018-07-17
धरान : धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

मोदी भ्रमणमा कति भयो खर्च ? यस्तो आयो बिल - 2018-07-17
जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ ।

मेयर क्लव को आपत्ती - 2018-07-13
रौतहट २९ असार // रौतहटको गढीमाई नपा स्थानिय सरकार प्रमुख सहित कर्मचारीहरुलाइ झुठो सुचनाको अधारमा मंगलबार गरिएको दुरव्यवहार प्रति मेयर क्लव रौतहटले आपत्ती जनाएको छ ।

पुर्वमन्त्री आलमको हृदयघातका कारण निधन - 2018-07-13
रौतहट २९ असार // पुर्व स्वास्थ्य राज्य मन्त्री मो मुस्ताक आलम राजाबाबुको हृदयघातका कारण शुक्रवार निधन भएको छ ।

भुक्तानी दिन नमाने पछि लेखापाल माथी हातपात - 2018-07-12
रौतहट २८ असार // रौतहटको गढीमाई नगरपालिकाका लेखापाल माथी उपभोक्ता समितीका पदाधिकारीहरुले हातपात गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1371472 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top