रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
१९ साल देखी फुटेको कम्न्युनिष्ट जनताको भावना अनुसार एकिकृत :प्रचण्ड - 2018-02-25
रौतहट १३ फागुन // पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ साल देखि बिभाजीज कम्न्यूष्टहरु जनताको भावना अनुसार एकिकृत भएको बताएका छन ।

आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड - 2018-02-23
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन्। शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना - 2018-02-22
काठमाडौँ: फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।

विप्लवका कार्यकर्तामाथि कडा निगरानी - 2018-02-22
काठमाडौं: गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।

जनकपुर चुरोट भवनमा प्रदेश सरकार मुकाम - 2018-02-22
जनकपुरधाम : सरकारलाई करोडौं राजस्व बुझाउने गरेको जनकपुर चुरोट कारखाना लिमिटेड चार वर्षअघि पूर्णरूपमा बन्द भएपछि यसका भौतिक संरचना प्रयोगविहीन भएका थिए। ३३ बिघा ९ कठ्ठा क्षेत्रफलमा फैलिएको कारखाना क्षेत्र सुनसान देखिने गथ्र्यो तर, प्रदेश सरकारको गठन भएर जनकपुर स्थायी मुकाम भएपछि यहाँ रौनक फर्किएको छ।

प्रदेश २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने - 2018-02-22
धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् ।

सहिद परिवारलाई खोइ ५० लाख? - 2018-02-21
जनकपुरधाम : पछिल्लो पटक मधेसमा भएको ९ महिने आन्दोलन र नाकाबन्दी ताका तत्कालिन मधेसी मोर्चाको एउटा निर्णयले देश तात्यो।

सरकार विस्तारका लागि ओली-प्रचण्डको छलफल बालुवाटारमा - 2018-02-21
काठमाडौं : सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

नेपाल कम्न्युष्ट पार्टी बन्छ : एमाले बरिष्ठ नेता नेपाल - 2018-02-19
रौतहट ७ फागुन// पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकारले आलोपालो सरकार चलाउने चर्चा वाहिर आउन नहुने बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1372636 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top