रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
संसदमा माधव नेपालले भने - टीआरसीको काम चाँडो टुंग्याउँ - 2018-03-06
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले सशस्त्र युद्धमा भएका घटनाहरूको छानबिनका लागि गठित दुई आयोगको काम चाँडो सम्पन्न गर्नुपर्ने बताएका छन्। मंगलबार संसद बैठकमा समय लिएर नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका कामलाई पूर्णता दिनुपर्ने बताएका हुन्।

प्रचण्डसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीले भने- 'आतंकवाद दक्षिण एसियाको साझा शत्रु' - 2018-03-06
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता भएको छ।

प्रदेश नं २ को नगर प्रमुख संघको संयोजकमा वकिल चयन - 2018-03-05
बाराको सिमरा भएको बसेको प्रदेश नं २ का नगर प्रमुख तथा उप प्रमुखहरुको बैठकले रौतहट परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिललाइ संयोजकमा चयन गरेको छ ।

मुख्यमन्त्रीसँग विकास माग्दै नगर प्रमुख - 2018-03-04
सिमरा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उपमहानगरको विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेका छन्।

आफू जन्मेको गाउँमा 'झुप्रो' बनाउने प्रचण्डको चाहना - 2018-03-04
काठमाडौं : सधैँजसो राजनीतिक कार्यक्रमहरूमा व्यस्त हुने पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार आफ्ना गाउँलेहरूसँग थिए। 'एउटै खोलाको पानी खानेहरू' सँग भेट्दा प्रचण्ड भावुक पनि देखिएका थिए।

जबज नभएको भए माओवादीको रक्षा हुने थिएन : प्रचण्ड - 2018-03-03
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज (जनताको बहुदलीय) जनवाद नभएको भए माओवादीको रक्षा सम्भव नभएको बताएका छन्।

मुख्यमन्त्री राउत र जीतपुर सिमराका उपमहानगर प्रमुख पौडेलबीच भेटघाट - 2018-03-03
वीरगञ्ज : गृह नगर वीरगञ्जमा रहेका प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतलाई बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले भेटेका छन् । मुख्यमन्त्रीसँग पहिलोपटक भएको भेटमा उनले जितपुर प्रदेश नं २ को समृद्धिका आधारहरु निर्माणका लागि आग्रह गरेका छन् ।

राजपाले छान्यो दुई मन्त्री - 2018-02-28
जनकपुरधाम : राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ मा दुई मन्त्री पठाउने भएको छ । सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

टीकापुर हत्याकाण्डः सांसद रेशम चौधरी जेल चलान - 2018-02-26
टीकपुरमा भएको नरसंहारको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374129 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top