राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65

English News



680544 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top