प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
मधेस मामिलामा एमालेले महसुस गरेका ४ कमजोरी - 2017-03-08
प्रदेश नम्बर २ का सन्दर्भमा एमाले नेतृत्वले समीक्षा गर्दैछ । तर, प्रदेश सीमांकनदेखि सप्तरी घटनासम्म पुग्दा एमालेले यो प्रदेशका सन्दर्भमा केही कमजोरी भएको महशुस गर्न थालेको छ । एमाले नेताहरूसँगका अनौपचारिक कुराकानीका क्रममा आफ्ना केही कमजोरी महशुस गरेको बुझ्न सकिन्छ ।

नेकपा एमालेको अभियान २७ गते हेटौडा बाट - 2017-03-08
काठमाण्डौ २५ फागुन/ सप्तरी गोली काण्डपछि नेकपा एमालले प्रस्तावित प्रदेश नम्बर २ मा का जिल्लाहरुमा अभियान स्थगित गरेको छ ।

मधेशी मोर्चाले गर्यो आन्दोलनको घोषणा - 2017-03-07
मधेशी मोर्चाको सप्तरी घटनाको विरोध स्वरुप नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

सप्तरी घटनाको बिरोधमा रौतहटमा प्रर्दशन - 2017-03-07
रौतहट २४ फागुन / रौतहट सदरमुकाम गौर लगाएत जिल्लका बिभिन्न स्थानहरुमा मधेसी मोर्चाका नेता कार्यकर्ताले मंगलवार प्रदर्शन गरीरहेका छन ।

सप्तरीको सिडिओ सहित सुरक्षा प्रमुखहरु लाइ मन्त्रालय झिकाइयो - 2017-03-07
काठमाण्डौ २४ फागुन / गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लाइ मन्त्रालयमा झिकाएको छ ।

घाइतेको अस्पतालमा उपचार हुदै, बिज्ञप्तीमा भने मृत्यू - 2017-03-07
सप्तरी २४ फागुन / सप्तरीमा सोमवार भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका कानुन व्यवसायी दिगम्बर यादवको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

राजबिराजमा प्रर्दशन,मानव अधिकार आयोगको गाडी तोडफोड - 2017-03-07
सप्तरी २४ फागुन / सिराहामा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएपछि मंगलबार बिहान देखि राजविराजमा प्रर्दशन भएको छ । प्रर्दशनकारीले राष्ट्रिय मानव अधिकार आयोगको जीप तोडफोड गरेको छ ।

प्रहरीको गोली लागेर तीन जना को मृत्यू (अपडेट) - 2017-03-06
सप्तरी २३ फागुन / नेकपा एमालेको मेची–महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बिच भझप हुदा तीन जनाको मृत्यू भएको छ ।

मधेशी मोर्चाको अवरोधका बिच एमाले नेताहरु सप्तरीको कार्यक्रममा - 2017-03-06
सप्तरी २३ फागुन / नेकपा एमालेको मेचि महाकाली अभियान राजविराज प्रवेश गरेको छ । सप्तरी प्रवेश गरे सगै मेर्चाका कार्यकर्ताले एमाले नेताहरु बिरुद्ध नाराबाजी गरेका थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1263484 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top