राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


लोकमान नियुक्तीको फाइल भुकम्पमा पुरीयो - 2016-09-15
काठमाडौ ३० भदौ मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।

मधेस आन्दोलनमा भएका घटनाहरुको छानबिन गर्न बनेको आयोगले पूर्णता पायो - 2016-09-15
काठमाण्डौ ३० भदौ मधेस आन्दोलनका समयमा भएका घटनाहरुको छानबिन गर्न बनेको आयोगले पुर्णता पाएकोछ |मन्त्रीपरिषदले केही साता अघि बनाएको आयोगले बुधवार आज पूर्णता पाएको हो ।

सात प्रदेशमा उच्च अदालत गठन - 2016-09-15
काठमाडौं ३० भदौ सरकारले संघीयता कार्यान्वयन गर्ने क्रममा सातवटै प्रदेशमा उच्च अदालत गठन गर्ने भएको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले सातवटै प्रदेशमा उच्च अदालतका लागि स्थान तय गरेको हो । संसद्ले कानुन पारित गरेपछि उच्च अदालत गठनका लागि बाटो खुलेको हो ।

प्रधानमन्त्री द्धारा भारत भ्रमण बारे संसदमा जानकारी - 2016-09-14
काठमाण्डौ २९ भदौ प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बिषयमा संसद लाइ जानकारी गराएका छन । प्रधानमन्त्री दाहालले धेरै विषय उठाउनु भन्दा पनि असल नियतका साथ विश्वास बढाउने र विगतमा भएका सहमति कार्यान्वयनमा जोड बताएका छन ।

म छिट्टै मधेश आउछु : प्रधानमन्त्री दाहाल - 2016-09-13
सिराहा २७ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल सोमवार सिराहामा हुने कार्यक्रममा जान नसकेपछि टेलिफोन बाट कार्यक्रमलाइ सम्वोधन गरेका छन ।

मुलुकको हितलाइ प्राथमिकतामा राख्न प्रधानमन्त्री संग एमाले अध्यक्ष ओलीको आग्रह - 2016-09-11
काठमाण्डौ २६ भदौ नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्प कमल दाहाल लाइ भारत भ्रमणका क्रममा नेपालको हितलाइ प्राथमिकतामा राख्न सुझाव दिएका छन ।

बिकाश योजनामा सवैको अपनत्व हुनुपर्छ : संसद भट्टराई - 2016-09-10
रौतहट २५ भदौ संसद रामकुमार भट्टराइले संसदिय विकाश पुर्वाधार कोषबाट निमार्ण भएको कालोपत्रे सडकको उद्घाटन गरेका छन । संसद शनिवार उद्घाटन गर्दै संसद भट्टराईले सडक उपभोक्ताहरुले निमार्ण भएका योजनाहरुको संरक्षण तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल - 2016-09-10
हेटौडा २५ भदौ प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशनले नया कार्य समिती गठन गरेको छ । हेटौडामा शनिवार सम्पन्न अधिवेशनले प्रकाश दाहालको अध्यक्षतामा नया समिती गठन गरेको छ ।

प्रधानमन्त्री दाहाल र वरिष्ठ नेता नेपाल बिच छलफल - 2016-09-10
काठमाण्डौ २५ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बिच आज भेटवार्ता भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

English News



680565 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top