राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


कहाँ चुके रविन्द्र मिश्र ? विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने - 2017-12-09
यो चुनावमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नारा थियो-‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

जनकपुरमा मतगणना स्थगित - 2017-12-09
मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।

काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए - 2017-12-09
काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको मतगणना तेस्रो पटक रोकिएको छ।

चितवनका सबै क्षेत्रमा वाम उम्मेदवार अगाडि - 2017-12-09
चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ ९क०मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी - 2017-12-09
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी - 2017-12-09
रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी - 2017-12-09
जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्र सेन) विजयी भएका छन् ।

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो - 2017-12-09
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०,११८ मत पाएका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

रौतहट क्षेत्र नम्वर १ मा राजपा अगाडी, चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु - 2017-12-08
रौतहट २२ मंसीर // रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । गौर स्थित जुद्ध उमाविमा मतगणना भैरहेको छ । मध्यान्न देखि गणना शुरु भएको क्षेत्र नम्वर १ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा अगाडी छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

English News



680557 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top