राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


सुर्खेतमा शनिवार एमालेको शक्ति प्रदर्शन - 2017-03-18
नेकपा एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले सात सालमा लडार्इँ लड्ने कांग्रेस यतिबेला विदेशीका दुई–चार जना दलाल उफ्रिंदा थर्कमान भएको बताएका छन् । ओलीले सुर्खेतमा आयोजित सभालाई सम्बोध गर्दै यस्तो बताएका हुन् ।

कांग्रेसमा गच्छदार भित्र्याउने तयारी - 2017-03-18
सत्तारुढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरुले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् ।

पहिला अधिकार अनि निर्वाचनः सदभावना अध्यक्ष महतो - 2017-03-16
रौतहट, ३ चैत / सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताको आवाज र अधिकारलाई दबाएर यो मुलुकमा कुनैपनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन ।

मधेशी मोर्चाले सरकार लाइ अवज्ञा र असहयोग गर्ने - 2017-03-16
काठमाण्डौ ३ चैत्र / मधेसी मोर्चाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गरको औपचारिक घोषणा गरेको छ । बिहीबारदेखि मोर्चाले सारका लाइ असहयोग र अवज्ञा गर्नेगरी कार्यक्रम सार्वजनिक गरेको छ ।

पत्रकार महासंघ लाइ पनि निर्वाचन आचरसंहिता लाग्यो - 2017-03-15
कलमपाटी २ चैत्र / नेपाल पत्रकार महासंघ रौतहट शाखाको निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोगले संचार मन्त्रालयलाई एक पत्र लेखि निर्वाचन आचार संहिता लागु भएपछि निर्वाचन कार्यक्रम फेरबदल गरेको भन्दै निर्वाचन आयोगले संचार मन्त्रालयलाई पत्र लेखि रौतहट शाखाको निर्वाचन रोक्न निर्देशन दिएको हो ।

जिल्ला समन्वय समितीको बोर्ड च्यातियो - 2017-03-15
कलमपाटी २ चैत्र/ रौतहटमा मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले जिल्ला समन्वय समिती रौतहटको बोर्ड हटाएका छन । बुधवार दिउसो मोर्चाका नेता कार्यकर्ताहरुले समितीको बोर्ड निकालि च्यातेर फ्यालेका हुन ।

मधेशी मोर्चाका ३९ जना संसद द्धारा सरकारको सर्मथन फिर्ता - 2017-03-14
काठमाण्डौ १ चैत्र/ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल लाइ दिएको समर्थन फिर्ता लिएको छ । मोर्चा संग आवद्ध रहेका ३९ जना ससदको समर्थन मंगलवार रातिदेखि स्वत फिर्ता हुने बताइएको छ ।

गुलरिया-नेपालगञ्ज सडकखण्डमा हवाई फायर - 2017-03-14
गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुरमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।

सप्तरी घटनाका मृतक जसको राजनिती संग कुनै साइनो थिएन - 2017-03-14
सप्तरी १ चैत/ सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन । सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

English News



680580 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top