राजनीति

आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड



राजनीति प्रकाशित मिति:

काठमाडौं :
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन्। शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हामीले मन्त्रीको नाम करिबकरिब टुंग्याएका छौँ। एमालेले अझै टुंग्याएको छैन, ऊ छलफलमै छ’, एक कार्यक्रममा सहभागी भएर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘आइतबार सबै मन्त्रीको शपथ हुन्छ।’
बिहीबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको छ। हेडक्वाटर बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सहभागी हुने निर्णय भने गरिसकेको छ।  साभार अन्नपुर्ण पोष्ट
दुइ गाउपालिकामा एमालेका उम्मेदवार बिजयी - 2017-06-30
कलमपाटी १६ असार / नेकपा एमालेले बाजुराको पाण्डवगुफा गाउँपालिकामा र बझाङको मष्टा गाउँपालिकामा विजय भएको छ । शुक्रवार बिहान करीव ८ बजे सम्मको नतीजामा यस्तो परीणाम आएको हो ।

धेरै तहमा मतगणना शुरु, बिराटनगरको गणना सिसि क्यामराको निगरानीमा - 2017-06-29
कलमपाटी १५ असार / स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत का केही तहहरुमा मतगणना भैरहेको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो ।

५ सय १ जनामा २ मत मात्रै खस्यो ! - 2017-06-28
नवलपरासी १४ असार पाच सय एक जना मतादाता रहेको मतदान केन्द्रमा दुइ जनाले मात्रै मतदान गरेका छन । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता मावि भुजहवा केन्द्रमा जम्मा २ मत खसेको छ ।

दोस्रो चरणमा ७० प्रतिशत मत खस्यो - 2017-06-28
काठमाण्डौ १४ असार / स्थानीय तहको दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ।

स्थानिय चुनाव लोकतन्त्रको अभ्यास : नेता यादव - 2017-06-28
बिराटनगर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय चुनावमा जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको बताएका छन ।

गाउ गाउमा व्यारेक खडा गरेको भन्दै राजपा नेपालको आपत्ती - 2017-06-27
कलमपाटी १३ असार राष्ट्रिय जनता पार्टी नेपालले तराईका जिल्लाहरूमा शान्ति सुरक्षाका लागि परिचालन भएको सुरक्षा निकायको विरोध गरेको छ ।

२३ मन्त्रालय मन्त्रीविहीन, सिंहदरबार सुनसान, - 2017-06-26
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

गज्जबको तालमेलः कांग्रेस-माओवादीको चुनाव चिह्न एउटै ! - 2017-06-26
अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

‘माओवादी बन्दगोभीजस्तै' - 2017-06-25
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेल एमालेमा प्रवेश गर्नुभएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



788809 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top