राजनीति

६० जिल्लाको मतगणना सकियो, काठमाडौंलगायत जिल्लाको गणना चल्दै



राजनीति प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा माओवादी केन्द्रले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार ४०१ र अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची, प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ । साभार अनलाइन खबर

प्रमुख तीनदल बिच सहमती, संसद चल्ने, राष्ट्रिय सहमतीको सरकारका लागी छलफल - 2017-05-27
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच बर्तमान राजनैतिक जटिलता फुकाउने बिषयमा सहमति भएपछि संसदको जारी गतिरोध अन्त्य भएको छ ।

प्रदेश नम्वर ७मा एमालेले छान्यो उम्मेदवार - 2017-05-27
नेकपा एमालेले स्थानीय तहको निर्वाचनका प्रदेश नम्बर ७ अन्तर्गतका ९ वटा जिल्लाहरुमा उम्मेदवर छनौट गरेको छ ।

काठमाण्डौमा एमाले १८ हजारले अगाडी १० हजार मत गन्न बाकी - 2017-05-27
काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाकी छ तर एमालेका उम्मेदवार १८ हजार मतले अगाडी छन । एमालेका मेयरका उम्मेदवार बिधासुन्दर शाक्य बिजयी हुने निश्चित भएको छ ।

स्थानिय तहको सख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश - 2017-05-26
अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजालसले सरकारले हालै गरेको स्थानिय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राजपाले स्थानिय तहको निर्वाचनमा अवरोध गर्ने - 2017-05-26
राष्ट्रिय जनता पार्टी आगामी जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । निर्वाचन लाइ सशक्त प्रतिकार गर्ने घोषणासहित राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ

पोखरा लेखनाथमा मेयर, उपमेयरमा एमालेका उम्मेदवार बिजयी - 2017-05-26
पोखरा लेखनाथ महानगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमालेको उम्मेदवार बिजयी भएका छन ।

भरतपुर महानगरमा देवी १६ सय भन्दा बढी मतले अगाडी [अपडेट ] - 2017-05-26
भरतपुर महानगरपालिकाको मत गणना जारी रहेको छ । एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन । एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले शनिवार बिहान ८ बजे सम्ममा १६०० मतले अग्रता लिएका छन ।

नेकपा एमाले धेरै स्थानमा विजयी - 2017-05-25
पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले बढी तहमा बिजयी भएको छ ।

काग्रेस द्धारा चन्द्रपुर नगरको केही वडामा अध्यक्षका उम्मेदवार छनौट - 2017-05-25
नेपाली काग्रेसले रौतहटको चन्द्रपुर नगरका केही वडाहरु बाट निर्बिरोध रुपमा उम्मेदवारका नाम सिफारीस गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 NEXT

English News



679122 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top