राजनीति

केन्द्रिय अध्यक्ष कै जमानत जफत



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर २९ मंसीर //
प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

साह २०७० को संबिधान सभाको निर्बाचनमा समानुपातिकबाट  सभासद बनेका थिए । यस चुनावमा साहले  ३ सय ३८ मत मात्रै पाएका छन ।

रौतहटका एकसय ९८ जना उम्मेदबारको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रौतहटले जनाएको छ ।  कुल मतको दश प्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारहरुको जमानत जफत भएको हो ।

  प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन क्षेत्रमा दुइ सय ३५ जनाको उम्मेदबारी परेको  मा  एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवारी दिएका थिए ।


मेयरमा हारेका बिमल श्रीवास्तव प्रतिनिधिसभामा निर्वाचित - 2017-12-11
स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सर्लाही १ बाट राजपाका प्रमोद साह विजयी - 2017-12-11
सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्।

को को हुन रौतहटको ८ वटा प्रदेशका बिधायक - 2017-12-10
रौतहट २४ मंसीर रौतहटको ८ वटै प्रदेश क्षेत्रको अन्तिम मतपरीणाम आइतवार दिउसो सकिएको छ । राजपा ले १ ससफोरमले २ , काग्रेसले २ माओवादीले १ , एमालेले १ , स्वतन्त्र ले १ क्षेत्रमा बिजयी भएका छन ।

दुई काग्रेस, एक राजपा र एक क्षेत्रमा बाम बिजयी - 2017-12-10
गौर २४ मंसीर रौतहटको चारवटै निर्वाचन क्षेत्रको अन्तिम मतपरीणाम आइतवार दिउसो सार्वजनिक भएको छ । दूइ क्षेत्रमा नेपाली काग्रेस, एक क्षेत्रमा बाम गठबन्धन र एक क्षेत्रमा राजपा नेपालका उम्मेदवार बिजयी भएका छन ।

सर्लाहीको क्षेत्र नं. २ को प्रदेशसभा ‘ख' बाट फोरम विजयी - 2017-12-10
सर्लाहीको क्षेत्र नं. २ को 'ख' बाट राजपा–फोरम गठबन्धनका अशोक कुमार यादव विजयी भएका छन्।

केपी ओली करिब २८ हजार बढी मतले विजयी - 2017-12-10
एमाले अध्यक्ष केपी शर्मा ओली करिब २८ हजार बढी मतले विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ मा ओलीले खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मत अन्तरले हराउँदै विजयी भएका हुन्।

प्रदेश २ मा प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोल्यो, प्रभु साह विजयी - 2017-12-10
वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

चुनाव जित्दै गर्दा ओलीले भने- हामी जितमा मात्तिदैनौं - 2017-12-10
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।

झापाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारको दबदबा, विश्वप्रकाश र सिटौला कमजोर - 2017-12-10
झापाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले आफ्नो बलियो उपस्थिति सावित गर्दै लगेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

English News



680564 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top