राजनीति

आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड



राजनीति प्रकाशित मिति:

काठमाडौं :
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन्। शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हामीले मन्त्रीको नाम करिबकरिब टुंग्याएका छौँ। एमालेले अझै टुंग्याएको छैन, ऊ छलफलमै छ’, एक कार्यक्रममा सहभागी भएर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘आइतबार सबै मन्त्रीको शपथ हुन्छ।’
बिहीबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको छ। हेडक्वाटर बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सहभागी हुने निर्णय भने गरिसकेको छ।  साभार अन्नपुर्ण पोष्ट
संसदमा बबाल, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बोल्न पाएनन् - 2017-08-15
संसदमा मंगलबार अपरान्ह निकै ठूलो होहल्ला सुनियो । एमाले सांसद केशव बडाल हातमा कागज लिएर ठूलो स्वरमा कराइरहेका थिए । सभामुख बस्ने कुर्सीमा थिइन्, एमालेकै सांसद सुशीला नेपाल ।

बाढी पिडितले राहात नपाएको मन्त्री कै गुनासो - 2017-08-14
सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि सरकारी र वाह्य सहयोग उपलब्ध नहुदा पनि नागरीक स्तर को सहयोगले पिडित बचिरहेको बताएका छन ।

बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग राजपाको माग - 2017-08-14
राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोबाट प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सरकारको निर्णय बाढी बाट मृत्यू भएकालाइ दुइ लाख - 2017-08-13
मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख सहयोग दिने निर्णय गरेको छ।

जनता को जीउधनको रक्षा गर्नु पहिलो प्राथमिकता : मन्त्री साह - 2017-08-12
लगातारको बर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न भएको र नागरीक पिडित बनेको बिषयमा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन ।

नेकपा एमाले र माओवादी केन्द्र द्धारा राहत र उद्धारको माग - 2017-08-12
बाढी र डुवानका कारण पिडित बनेको सर्वसाधरण लाइ उद्धार गर्न तथा राहत उपलव्ध गराउन नेकपा एमाले तथा माओवादी केन्द्र रौतहटले माग गरेको छ ।

कोशीका सबै ढोका खोल्न नेपालद्धारा भारतलाई आग्रह - 2017-08-12
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीको बहावमा उच्च जोखिम देखिएपछि कोशी व्यारेजका सबै ढोका खोल्न भारतलाई आग्रह गरेका छन् ।

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले - 2017-08-12
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनाद्र्धन शर्मासहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएका छन् ।

डा. केसीको माग सम्बोधन हुने गरी विधेयक पारित - 2017-08-11
संसदीय समितिले प्राध्यापक डा। गोविन्द केसीको माग सम्बोधन हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



788778 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top