राजनीति

६० जिल्लाको मतगणना सकियो, काठमाडौंलगायत जिल्लाको गणना चल्दै



राजनीति प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा माओवादी केन्द्रले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार ४०१ र अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची, प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ । साभार अनलाइन खबर

रौतहटमा सवैदलको चुनावी अभियान तिब्र - 2017-12-02
रौतहट १६ मंसीर // मतदानको मिति नजिकिँदै जाँदा रौतहट जिल्लामा बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रचारप्रसारलाइ तिब्र बनाउदै आएका छन ।

प्रधानमन्त्री देउवा निवासनजिकै बम विष्फोट - 2017-12-02
प्रधानमन्त्री शेरबहादुर देउवा निवास नजिकै बम विष्फोट भएको छ । बम विष्फोटको आवाज आएपछि प्रहरी घटनास्थलतर्फ गएको छ ।

उम्मेदवारको घरमा प्रेसर कुकर बम - 2017-12-02
अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।

रौतहट ४ मा बाम गठबन्धनको चुनाव प्रचार तिव्र - 2017-11-29
रौतहट १३ मंसीर // बाम गठबन्धनले रौतहटको चन्द्रपुरनपा ९ स्थित डुमरीयामा निर्वाचन कार्यालय स्थापना गरेर प्रचारप्रसार लाइ तिव्र बनाएको छ ।

संबिधान संसोधन र देश विकासको लागी वाम गठबन्धन : मन्त्री प्रभुु साह - 2017-11-28
रौतहट १२ मंसीर // संसदिय निर्वाचन क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका ससदका उमेदवार प्रभुु साहले संबिधान संसोधनको लागी दुुईदल एक हुन लागेको बताएका छन ।

अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान - 2017-11-28
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताए ।

वाम गठबन्धनको सभा नजिकै ओलीले सम्बोधन गर्दागर्दै बम विस्फोट - 2017-11-28
नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपाले आफ्नो उपस्थिति देखाउन ललितपुरको लगनखेल नजिकै बम विस्फोट गराएको छ।

रौतहट ४ मा के के छन बामगठबन्धनका उम्मेदवार प्रतिवद्धता - 2017-11-28
रौतहट १२ मंसीर // चुनावी गठबन्धन गर्दै राजनैतिक निकास र समग्र देश विकासको निम्ति स्थायी सरकार निर्माण गर्ने हुदा बामपन्थी उम्म्मेदवार लाई दुई तिहाई सहित पूर्ण बहुमतको सरकार बनाउने भन्दै गठबन्धनका उम्मेदवारहरुले मतदाता समक्ष भोट मागिरहेका छन ।

काँग्रेसका नेता सिटौलाको घर नजिक बम विस्फोट - 2017-11-28
झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 NEXT

English News



679126 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top