logo
15 Oct 2018   |   
समाज

बालकको अपहरणपछि हत्या



समाज   15 पटक पढिएको   कलमपाटी     
सिमरा, २९ असोज /// बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या भएको छ ।

बालकको अपहरणपछि हत्या


असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारलेसाँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

ऋण नदिएको झोकमा हत्या

प्रहरीको प्रारम्भीक अध्ययन अनुसार ऋण नदिएको झोकमा बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहालेसमय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए ।

घटस्थापनबाट जिल्ला अदालत बन्द भएकाले अदालतको समर्थन लिएर थप अनुसन्धान र अपहरण तथा कर्तब्य ज्यान मुद्दाको कारवारी प्रकृया अगाडी बढाइने छ ।

यसअघि जेठ २२ गते बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ९ बर्षीय बालक अंकित गुप्त्ााको पनि अपहरणपछि हत्या गरिएको थियो । साभार अनलाईन खबर










1773906 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top