समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

सिस्नेरीको जांम खुल्यो - 2016-08-25
कलमपाटी,हेटौडा ९ ,भदौ कुलेखानी दक्षिणकाली सडक खण्डको सिस्नेरी नजिकैको जांम दिउसो चार वजे खुलेको छ । मध्यान १२बजे पहिरो खसेर भएको जाम मा एकसय भन्दा वढी सवारी साधन रोकीएका थिए ।

टेक्टर दुर्घटनाहुदा रौतहटमा दूइ जनाको मृत्यू - 2016-08-22
कलमपाटी , रौतहट ६ भदौ टेक्टर दुर्घटना हुदा आइतवार राति रौतहटमा दुइ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । चन्द्रनिगाहपुर गौर सडक खण्डको सखुअवा धमौरा गाबिसको हर्साह बजार नजिकै ना ४ त १६७१ नम्वरको टेक्टर दुर्घटना भएको हो ।

रौतहटको जंगलमा गोली हानिएको गैडाको उपचार हुदै - 2016-08-21
कलमपाटी , चितवन ५ भदौ , रौतहटको चन्द्रपुर नपा २ गैडाटार नजिकै जगलमा शनिवार बिहान गोली लागेर घाइते अवस्था फेला परेको भाले गैडाको आइतवार बिहान उद्धार गरी उपचार शुरु गरीएको छ । खाग तस्करी गर्नका लागी सिकारीले गोली हानेर घाइते बनाएको गैडालाइ चादी नदि किनारमा शनिवार बिहान स्थानियले देखेका थिए । गैडाको टाउको , खुट्टा र पछाडीको धेरै ठाउमा गोली लागेको कारण हिड्न नसक्ने अवस्थामा रहेको छ ।

रौतहटमा गोली लागी घाइते अवस्थामा गैडा फेला - 2016-08-20
रौतहट ४ भदौ रौतहटको चन्द्रपुर नपा २ गैडाटार नजिकै जंगलमा घाइते अवस्थामा भाले गैडा फेला परेको छ । सिकारीले गोली हानेर घाइते बनाएको गैडा लाइ शनिवार बिहान स्थानियले देखेका थिए ।

रौतहटमा नयां डिएफओ आएपछि कर्मचारी र तस्करहरुमा खैलावैला - 2016-08-19
कलमपाटी, रौतहट ३ भदौ, रौतहटमा ठुलो परीमाणमा काचो रुख काटिएको बिषयमा तात्कालिन डिएफओ श्री भगवान प्रसाद गुप्ता सहित ६ जना बन कर्मचारी तानिएपछि नया आएका डिएफओले बन गस्ति तिब्र बनाएका छन । नया डिएफओ आएपछि रौतहटमा तस्कर संग साठगाठ गरी आर्थिक लाभ लिइरहेको बन कर्मचारीहरु र तस्करहरुमा खैलाबैला मच्चिएको छ ।

मर्मत शिर्षकमा लाखौ खर्चिदा पनि पुर्वपस्चिम राजमार्ग जीर्ण - 2016-08-15
कलमपाटी,रौतहट ३१ साउन, पुर्वपस्चिम राजमार्ग स्थित चन्द्रनिगाहपुर वरपरका सडकमा ठुला खाल्टोखुल्टी भएका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । रौतहटको चन्द्रनिगाहपुर स्थित मुख्य चौकक्षेत्रका सडकमा ठुला खाल्टा भएका कारण मोटरसाइकल, स्कुटर , इ रिक्सा दुर्घटना हुदै आएका छन ।

प्रेस सेन्टर नेपालको रौतहट अध्यक्षमा साह - 2016-08-14
कलमपाटी ,रौतहट २९ साउन , प्रेस सेन्टर नेपाल रौतहट शाखाको प्रथम जिल्ला अधिवेशनले मनोज कुमार साहको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

पढाइमा सहयोग गर्न धान रोपेर आर्थीक संकलन जुटाउदै - 2016-08-07
कलमपाटी , रौतहट २१ साउन गरीव तथा बिपन्न परिवारका बिधार्थीलाइ पढाईमा सहयोग गर्ने उदेश्यले किशोरकिशोरीहरुको एक समहले रकम संकलन गर्नका लागी धान रोपाइ गरेका छन ।

सत्तिसालको रुख संरक्षण गर्दै सामुदायक बन - 2016-07-27
रौतहट १२ साउन सामुदायिक बनले रौतहटमा लोपउन्मुख प्रजातीको काठ सत्तिसालको संरक्षण गर्दै आएको छ । चन्द्रपुर नगरपालिका १ मा रहेको जनचाहाना समादायिक बन र वडा नम्वर ६ मा रहेको हरीयाली सामुदायिक बन समुह जुडिवेलामा सत्तिसालको रुख संरक्षण गरीएको छ भने सत्तिसालको बिरुवा रापिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679140 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top