जहाँ मतदाताले उम्मेदवारलाई पैसा बाँड्छन् !

समाज

इनर्वाटोल नजिकै लालबकैयाको बांध मर्मत



समाज प्रकाशित मिति:

रौतहट ३ साउन//
लालबकैया नदिमा आएको बाढीले कटान गरेको बांधमा थप क्षेती हुन नदिको धारनै अर्को तर्फ लगिएको छ । बस्तिनै खतरामा परेपछि दुईसाता लामो प्रयासमा नदीको धार परिवर्तन गरीएको हो ।

रौतहटको बौधीमाई नगरपालिका ३ स्थित  इनर्वा टोल नजिकै लालबकैया नदीमा आएको बाढीले करीव दुइसय मिटर बांध कटान गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयले कटान रोक्नका लागी स्पर निमार्ण तथा , बोरामा माटो भरेर नदीले कटान गरेको स्थानमा बांध निमार्ण गरेको थियो ।

बस्तिमा नदी पस्ने खतरा बढे पछि तत्काल बांध मर्मत गर्न आवश्यक थियो त्यसे अनुसार कार्य भएको रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुर नेपाल प्रहरी, सशस्त्र प्रहरीले कटान क्षेत्रमा स्परहरु निर्माण गर्न सहयोग गरेका थिए ।

सिडिओ रिजालले कटान रोक्न र बस्तिमा बाढी पून नदिनका लागी सवै उपायहरु अपनाउनका लागी सवै लाइ निर्देशशन दिएका थिए ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरको डिभिजन इन्जिनियर राजकुमार श्रीवास्तवले १५ दिनमा बोरामा वालुवा राखेर १३ वटा स्पर निमार्ण गरेको सिमेन्टको आरसिसि परकोपाइन राखिएकोले नदीको धार परिवर्तन भएको बताएका छन ।

फोटो :कटान क्षेत्रमा बनेको बांध निरिक्षण गर्दै सिडिओ रिजाल 

‘बाल अभियुक्तलार्इ सुधारात्मक व्यवहार गर्नुपर्ने’ - 2018-06-14
वीरगञ्ज : बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूले व्यक्त गरेका छन् ।

बाराबाट ६ किलो गाजासहित एक जना पक्राउ, ५ हजार लिटर मदिरा नष्ट - 2018-06-14
वीरगञ्ज : प्रहरीले बाराबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ बस्ने ५५ वर्षीय समसुद्दिन अन्सारी रहेका छन् ।

फोटो पत्रकारिता तालिम शुरु - 2018-06-14
रौतहट : रौतहटको गौरमा तीन दिने आधारभुत फोटो पत्रकारिता संचालन भएको छ । नेपाल फोटो पत्रकार महासंघ रौतहटको आयोजनामा सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रमा सो तालिम संचालन भएको हो ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु - 2018-06-14
काठमाडौं : भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।

बस र मोटरसाइकल ठोक्किए, १ जनाको मृत्यु - 2018-06-14
सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा - 2018-06-13
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ र १० लाई मंगलबार वाल विवाह मुतm वडा घोषणा गरिएको छ । जनसेवा नेपाल रौतहटको सहजिकरण, चन्द्रपुर नगरपालिकाको समन्वय, प्लान ईन्टनेशनलको सहयोग तथा वडा कार्यालयको संयुतm आयोजनामा वाल विवाह मुतm वडा घोषणा गरिएको हो ।

बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ - 2018-06-13
रौतहट : एक बालकको हत्या आरोपमा प्रहरीले एक जना वडाअध्यक्ष सहित ६ जना लाई पक्राउ गरेको छ । १२ बर्षिय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले कटहरिया नगरपालिका–९ का अध्यक्ष रामज्ञा प्रसाद यादब सहित ६ जना लाई पक्राउ गरेको हो ।

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - 2018-06-13
सिमरा : निजगढमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा निजगढ नगरपालीका वडा नम्बर ११ रतनपुरीका ६७ बर्षिय इन्द्रबहादुर थिङ ‘कृतिपुरे’ रहेको इलाका प्रहरी कार्यालय निजगढले जाकारी दिएको छ ।

डोम भान्से राखेपछि विद्यालयको खाजा बन्द - 2018-06-13
सिरहाः जातीय आधारमा छुवाछुत र भेदभाव गर्नु हुँदैन भनेर विद्यालयमा शिक्षकहरूले विद्यार्थीलाई पढाउने गर्छन् तर सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयका शिक्षक स्वयंले छुवाछुतको व्यवहार देखाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1263436 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top