समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

आज देशभर बाल दिवश मनाइदै - 2016-09-14
कलमपाटी २९ भदौ आज बुधवार देशभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर बाल दिवश मनाइदै छ |

बुद्ध एयरमा स्याल ठोक्कियो - 2016-09-14
काठमाण्डौ २९ भदौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा बुद्ध एयरको विमानमा स्याल ठोकिएको छ।

इस्लाम धर्मालम्वीहरु बकर ईद मनाउदै - 2016-09-13
इस्लाम धर्मालम्वीहरुले मंगलवार देखि बकर इद धार्मिक बिधी अनुसार हर्षोउल्लासका साथ मनाइ रहेका छन । बकर इदको अवसारमा नेपाल सरकारले मंगलबार सार्वजनीक बिदा दिएको छ ।

आठ बर्षिया वालिका बलात्कृत - 2016-09-13
रौतहट २८ भदौ आठ बर्षिया वालिका बलात्कृत भएकी छिन,बलात्कार गरेको आरोपमा एक युवक लाइ प्रहरीले पक्राउ गरेको छ ।

जैविक बिबिधता संरक्षणका लागी अभिमुखिकरण तालिम - 2016-09-13
रौतहट २८ भदौ जैविक बिबिधता संरक्षणका लागी बन हेरालु तथा चोरी शिकार नियन्त्रण युवा जागरणका उप समितीका सदस्यहरु लाइ रौतहटको चन्द्रनिगाहपुरमा दुइ दिने तालिम दिइएको छ ।

बागमती सिचाइ को लापर्वाहीले सोमवार दिनभर राजमार्ग बन्द - 2016-09-13
रौतहट २८ भदौ बागमति सिचाइ आयोजनाको लार्पवाहीका कारण सोमवार पुर्वपस्चिम राजमार्गमा हजारौ यात्रुहरुले दुःख पाएका छन ।

नेपाल एयरलाइन्सको बिमान दुर्घटना बाट जोगियो - 2016-09-13
काठमाण्डौ २८ भदौ दिल्ली बाट काठमाण्डौ आउदै गरेको नेपाल एयरलाइन्सको बिमान अवतरणको क्रममा टायर पड्कीएको छ । जहाजको गियर पनि फसेको बताइएको छ ।

४६ जना सिडिओ कुदाउने एउटा चालक ! - 2016-09-13
उमेरले ६० बर्षिय बिष्णुदयाल साहले गाडी चलाउन थालेको ४० बर्ष नाघ्यो । उन्ले ४० बर्ष एउटै संस्थाको गाडी चलाए,गाडी चढ्ने हाकीमहरु धेरै फेरीए तर उनी फेरीएका छैनन।

भेट्टाएको दश तोला सुन फिर्ता - 2016-09-13
पोखरा २७ भदौ धन देखे पछि महादेवको पनि तीन नेत्र भन्ने भनाइ छ तर एउटा बसका सहचालकले दश तोला सुन भेट्टाएर फिर्ता गरेका छन । स्याङजा सिर्सेकोट–९ का केशरी अधिकारीले बसमा यात्राको क्रममा छोडेको दश तोला सुनको गहना राखेको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका हुन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679135 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top