समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





बिधार्थीका लागी बिधालयमा जेसीज - 2016-09-15
कलमपाटी ३० भदौ लुम्विनी कलेज काठमाण्डौ ले चन्द्रनिगाहपुर सिटी जेसिसको सहकार्यमा रौतहटको चन्द्रपुर नपा भित्रका सरकारी बिधालयका प्रधानाध्यापकहरु लाइ सम्मान गरेको छ ।

धार्मीक परम्परा मावन जिवनमा भाईचारको प्रतिक: प्रजिअ वराल - 2016-09-15
रौतहट ३० भदौ रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक परम्परा मावन जीवनमा भाईचारको प्रतिक हुने बताएका छन । नेपाल बहु जाती, बहु भाषिक र बहु साँस्कृतीको साझा फुलवारी भएकोले सवै धर्मलाई राज्यले समान व्यवहार गरेको बताउदै प्रमुख जिल्ला अधिकारी बरालले सवै धर्मलाई सवैले सम्मन गर्नु सराहनीय रहेको बताएका छन ।

एउटा आशा लाग्दा प्रहरी अधिकृत - 2016-09-15
नेपाल प्रहरी संगठनका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान आश लाग्दा प्रहरी अधिकृत हुन । संभवत प्रहरी संगठनमा पासवान जाती बाट खुल्ला प्रतिस्पर्धामा प्रहरी अधिकृत हुने उनी नै पहिलो व्यक्ति हुन । मोरगको दादरबैरिया गाबिस ३ मा ३१ बर्ष अघि जन्मिएका प्रहरी निरीक्षक पासवान रौतहटमा अपराध अनुशन्धानमा राम्रा दख्खल राख्ने प्रहरी अधिकृत हुन ।

चार हजार भन्दा बढी कर्मचारीले सम्पती विवरण बुझाएनन - 2016-09-15
काठमाण्डौ ३० भदौ चार हजार आठ सय ४८ निजामती कर्मचारीले यस आर्थीक बर्षमा सम्पत्ति विवरण बुझाएका छैनन ।

दाईजो र बालविवाह रोक्न गाँऊ जागरण कार्यक्रम - 2016-09-15
रौतहट ३० भदौ दाईजो प्रथा र बालविवाह समस्यालाई न्युनिकरणका लागी गाँऊ जागरण तथा सचेतना कार्यक्रम को आयोजना गरीएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र महिला सुरक्षा दवाव समुहको आयोजनामा गाविस प्रेमपुर गोनाही र देवाहीमा एक÷एक दिने गाँऊ जागरण कार्यक्रम सम्पन्न भएको छ ।

बन अधिकृतले काठ तस्करीमा प्रयोग भएको टेक्टर छोडे - 2016-09-15
रौतहट ३० भदौ जिल्ला बन कार्यालयले गएको जेठमा कांचो सालको गोलिया सहित बरामद गरेको टेक्टर पैसाको चलखेल गरी कागज मिलाएर छाडीएको छ । सिम्री इलाका बन कार्यालय र जंगलसैया साझेदारी बनको मिलेमत्तोमा काठ तस्करीमा प्रयोग भएको टेक्टर छुटाउन कागजात बनाएको पाइएको हो ।

हुलाकीमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने भारतको प्रस्ताव - 2016-09-15
काठमाण्डौ ३० भदौ भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ । भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो ।

नक्कली सरकारी कागजात बनाउनेहरु पक्राउ - 2016-09-15
काठमाण्डौ ३० भदौ सरकारी काजजाग नक्कली बनाउने समुह लाइ प्रहरीले पक्राउ गरेको छ । भारतमा छापेर ल्याई नागरिकता र लाइसेन्स लगायतका अन्य सरकारी कागजात आरोपमा प्रहरीले बुधवार आठ जना लाइ पक्राउ गरेको छ ।

मानसिक स्वास्थ्य समस्या बढ्दो - 2016-09-15
शालिग्राम नेपाल मानसिक स्वास्थ्य समस्या प्रति विश्वका गरिव राष्ट्रहरुले ध्यान दिन नसकेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विभिन्न १० राष्ट्रका विज्ञ तथा अनुसन्धानकर्ताहरुको काठमाण्डौमा सम्पन्न वैठकमा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680312 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top